दाङ-क्षेत्र नम्बार १, दाङका सत्ता गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी निर्वाचनले एमालेको बिदाइ गर्ने बताएका छन् ।
लमही नगरपालिकाका विभिन्न वडामा बाम लोकतान्त्रिक गठबन्धन दलको संयुक्त कार्यालय उद्घाटनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् ।
जनताको अभिमतको अपमान गर्दै केपी ओलीले जनताले निकै ठुलो बलिदानी गरेर निर्माण गरेको संघीय गणतन्त्र नेपालको संविधानलाई समाप्त पार्न खोजेकाले आगामी चुनावमा एमाले धुलोपिठो हुने उनको भनाई थियो ।
‘जब जब मुलुकमा व्यवस्थासँग जोडिएको विषय आउँछ तव तव बाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको इतिहास छ । एमाले अध्यक्ष ओलीले अहिलेको व्यवस्था विरुद्ध निरन्तर प्रहार गरेकाले अहिले पनि हाम्रो गठबन्धन बनेको छ । ०६२÷६३ मा हामी एक हुँदा राजतन्त्र समाप्त भए जस्तै २०७९ को चुनावले ओलीको पार्टीलाई बिदाइ गर्नेछ ।’ मन्त्री चौधरीले सुनाए ।
गठबन्धन दललाई जिताउने भनेको शान्ति, संविधान, कानुनी राज्य, समावेशी प्रणाली जोगाउने विषय भएको बताउँदै मन्त्री चौधरीले गठबन्धन दलका सबै नेता कार्यकर्ता एउटै मन भएर चुनावमा होमिएको बताए ।
‘देश बचाउन, व्यवस्था बचाउन गठबन्धन बनेको कुरा जनताले बुझिसकेका छन् । र जसले यो व्यवस्था समाप्त पार्न खोज्यो उसलाई जनताले चुतावमा समाप्त पार्ने छन् ।’ मन्त्री चौधरीले प्रष्ट्याए ।
कार्यक्रममा प्रदेश सभाका उम्मेदवार अनुराग खड्का, नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डाँगी, शंकर गिरी, एकीकृत समाजवादीका केपी गैरे लगायतले मन्तव्य राखेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस