वि.सं.२०७९ साल कार्तिक ६ गते । आईतबार । ईश्वी सन् २०२२ अक्टोबर २३ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिककृष्ण पक्ष । तिथि–त्रयोदशी, बेलुकी ५ बजेर ५ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– उत्तराफाल्गुनी, दिउसो २ बजेर ४० मिनेट उप्रान्त हस्त । योग–ऐन्द्र, बेलुकी ०५ बजेर १३ मिनेट उप्रान्त वैधृति । करण–वणिज, बेलुकी ५ बजेर ४ मिनेट उप्रान्त भद्रा, रातको ५ बजेर ८ मिनेट उप्रान्त नाग । आनन्दादिमा–मित्र योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ०९ मिनेट । सूर्यास्त बेलुकी ०५ बजेर २६ मिनेट । दिनमान २८ घडी १२ पला । कागतिहार , काकबलि , धन्वन्तरी जयन्ती , स्वन्तिचस्ह्रेपूजा ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेममा नजिक हुने समय रहेकोछ भने दाम्पत्य जीवन सहज मार्गमा बित्नेछ । आर्थिक स्थिती मजभुत हुने तथा व्यापार व्यावासायमा मनग्गे आम्दानी हुनेछ । लामो दुरिको मनोरञ्जानात्मक यात्राको तय गरी भरपुर रमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो प्रगती हुने हुँदा मन प्रशन्न रहनेछ । भौतक बस्तु तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईँको प्रतिस्पर्धीको रुपमा अरुनै देखा पर्नेछन् । खानपानमा ध्यान नदिदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैया पैसा नआउने तथा आफन्तलाई दिएको धनले सत्रुता बढाउनेछ । धन सम्पती हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
अध्ययनमा प्रशस्त समय दिन सकिनेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । तपाईँको ईमान्दारिताको कदर सबैले गर्नेछन् । बन्द व्यापार फस्टाएर जाने हुनाले मनग्गे लाभ लिन सकिनेछ । अप्ठ्यारा तथा असजिला परिस्थितिलाई सहजै बुद्धिमता पुर्वक निराकरण गर्न सकिनेछ । प्रेममा सामिप्यता बढ्ने तथा उपाहार प्राप्तीको योग रहेकोछ । सन्तान तथा आफन्तबाट सहयोग रहने हुनाले मन प्रशन्न रहनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
घर जग्गा तथा पैत्रिक सम्पतीमा बिवाद बढ्ने ग्रहयोग रहेकोेछ भने सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यावासायमा लगानी गरेपनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
व्यापारमा प्रशस्त समय खर्चिए पनि आम्दानि थोरै हुँदा दैनिक कामहरु प्रभावित हुन सक्छन् । छिमेकी तथा दाजुभाईसँग सामान्य कुरामा बिवाद बढ्नेछ भने बाहिरका मानिससँग न्यायिक निर्णयहरुमा सामेल भए हारिने सम्भावना रहेकोछ । सामाजिक तथा परोपकारी क्षेत्रमा सामेल भए पनि आलोचना गर्नेहरुबो बिगबिगी रहनेछ । प्रेममा धोका हुने हुदा आजको दिन टाडै बस्नु नै बेस हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ भने समयमा स्रोत साधन तथा भौतिक सम्पती जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । बिद्या तथा प्रतिस्पर्धीहरु हार खानेछन् भने तपाईँको कुरा काट्ने हरुलाई पाठ सिकाउन सकिनेछ । परिवारका साथ रमाईलो वातावरण तथा हासखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व
बान्द व्यापारबाट मनग्गे लाभ लिन सकिने छ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। आफन्त तथा साथिभाईहरुको सहयोगमा विशेष योजनाहरू बन्नेछन्। छिमेकि तथा समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रेममा रमाउन चाहनेहरुका लागी समयले साथ दिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
कुनैपनी आर्थिक कारोबार गर्दा सचेत हुनुहोला आर्थिक कारोबार बिग्रिने तथा दण्ड तथा जरिवाना हुने सम्भावना रहेकोछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जाने ग्रहयोग रहेकोेछ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । तरपनि काम तथा अध्ययनको शिलशिलामा यात्राको गतिलो सम्भावना रहेको छ । विदेशी सामानको व्यापार फस्टाएर जानेछ भने विदेशमा बसेर व्यापार व्यावसाय गर्नेहरुका लागि समय फलदायी रहनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । खनिज पदार्थ तथा पानीसँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । शिक्षा तथा बैकसँग सम्बन्धीत कामबाट भनेजस्तो आम्दानी हुनेछ । प्रणय सम्बन्धमा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । ईच्छा, आकांक्षा तथा मनोकामना पुरा हुनेछन् । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
प्राकृतिक स्रोत तथा पैत्रिक धन सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समाजमा विवाद हुने योग रहेकोछ । कार्य क्षेत्रमा अरुको नकारात्मक टिका टिप्पणीले समस्या पैदा हुनेछ भने खुट्टा तान्नेहरु हावी हुनेछन् । व्यापारमा मन्दी आउनेछ भने नोकरिमा दुर्गम स्थानमा स्थानान्तरणको सम्भावना रहेकोछ । प्रेमम नजिक हुने समय रहेपनि एक अर्काको भावनालाई कदर गर्न नसक्दा टाडिनु पर्ने बाध्यता आउनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
बौद्धिकताकोा प्रयोगले सफलताको सुत्र पत्ता लगाउन सकिनेछ भने उत्तम बस्त्र,मनपर्ने तथा बिलाशि बस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा सस्कार सस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरुपी निकास दिने सहमती जुट्ने योग रहेकोछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
समयमा काम नबन्नाले दुःख पाईनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । दिदि बहिनीसँग मनमुटाब बढ्ने तथा टाडिने समय रहेकोछ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछी परिनेछ भने माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । गोप्य सुचना तथा घर परिवारका कुराहरु बाहिर जाने हुनाले पारिवारिक कलह हुन सक्छ ध्यान दिनुहोला ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस