काठमाडौ-बाम-लोकतान्त्रिक गठबन्धन पाँचथर सम्पर्क निर्वाचन परिचालन मूल समितिको पहिलो बैठक सम्पर्क कार्यालयमा बस्यो !
समितिका संयोजक लक्ष्मीनारायण तिम्सिनाको अध्यक्षतामा बसेको बैठकमा मूल समिति अन्तर्गतका आर्थिक ब्यबस्थापन,प्रचार प्रसार,मतदाता तथा यातायात ब्यबस्थापन समितिका सदस्यहरु र सल्लाहकारहरु समेतको उपस्थिति थियो !
कार्य क्षेत्र र जिम्मेवारी वाडफाड गर्ने बिषयबस्तुमा केन्द्रित रहेर बसेको आजको बैठकले प्रचार प्रसार तथा सूचनासमितिको संयोजकको जिम्मा नेकपा(माओबादी केन्द्र) सम्पर्क समन्वय केन्द्रीय प्रकाशन तथा प्रचार बिभागका सदस्य बिन्देश्वर खनाल र सहसंयोजकको जिम्मा नेकपा ( एकीकृत समाजबादी)का केन्दीय प्रचार बिभागका सदस्य लेखनाथ खतिवडा सिकारु र नेपाली काग्रेसका संगीता सुहाङ्लाई जिम्मा दिइएको छ।
आर्थिक ब्यवस्थापन समितिका संयोजकमा नेपाली काग्रेसका देबीप्रसाद काफ्ले र सहसंयोजकमा माओबादी केन्द्रका शेरबहादुर तुम्वापो तथा एकीकृत समाजबादीका महेन्द्र निरौलालाई सहसंयोजकको जिम्मेवारी तोकेको छ।
त्यसैगरी एकीकृत समाजबादीका बिक्रम भट्टराईलाई संयोजक र नेपाली कांग्रेसका अमृत याेङ्या र माओबादी केन्द्रका दिपक लामालाई मतदाता तथा यातायात ब्यवस्थापन समितिको जिम्मा दिएको छ ।
सम्वन्धित समितिहरु कार्य योजना बनाई तोकिएको जिम्मेवारी पूरा गर्ने अधिकार प्रदान बैठकले दिएको छ ।
यसैबीच,संयोजक खनालले भोलि नै प्रचार प्रसार समितिको बैठक बसेर प्रचारका कार्यलाई तिब्रता दिने र सामाजिक सञ्जालको सूक्ष्म अध्यायन र बिशेषण समेत गरिने बताउनु भएको छ !
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस