देउखुरी -एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले मुलुकमा अब कसैले पनि संसदको हत्या गर्ने आँट नगर्ने बताएका छन् ।
एकीकृत समाजवादी क्षेत्र नम्बर १, दाङले बुधबार लमहीमा आयोजना गरेको क्षेत्रीय कार्यकर्ता भेलामा मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र र समावेसी प्रणाली जस्ता उन्नत व्यवस्था सहितको उत्कृष्ट संविधानमाथि केपी ओलीले पटक पटक प्रहार गरेको बताउँदै मन्त्री चौधरीले भने, ‘दुई वटा मुख्य पदमध्ये एकमा महिला हुनै पर्ने, सिमान्तकृत जातजातीलाई समावेसी प्रणाली मार्फत् राज्यले उनीहरुको उपस्थितिको सुनिस्चित गर्ने, सबै धर्मलाई समानताको व्यवस्था जस्ता तमाम नयाँ जनपक्षिय प्रावधान हामीले संविधानमा राख्यौँ ।
देश अब प्रगतिशिल रुपान्तरणको बाटोमा जान्छ भन्ने आसा र अपेक्षा जनताले गरेको बेला ओली नेतृत्वको एमालेले नयाँ संविधानमाथि निरन्तर प्रहार गरि रह्यो । तर अब हाम्रै कारणले कसैले पनि संसदको हत्या गर्ने आँट गर्ने छैन ।’
मन्त्री चाधरीले आफ्नै कारण मुलुकभर खरको छानो मुक्त गर्ने अभियान चलिरहेको बताउँदै भने, ‘लमहीमा सडक कालोपत्रे गर्न ५० करोड, गढवामा ३२ करोड, भालुवाङको लागि ८ करोडको ब्यवस्था भएको छ । अब राप्ती कोरिडोर आयोजनाको डिपिआर हुने छ । राप्तीको श्रीनारायण चोक देखि ५५ किलोमिटरमा स्वर्गद्धारी जोडिने बाटोको काम सुरु हुनेछ । त्यस्तै बनगाउँ चोकदेखि स्वर्गद्धारीसम्म केबुलकार निर्माणको काम अघि बढ्ने छ । दाङका प्रमुख सहरहरु जोड्नेगरि पोड वे सञ्चालनको कामलाई अघि बढाइनेछ ।’
एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासी, समानुपातिक उम्मदवार द्धय मिना गुरुङ, शिल्पा चौधरी, केन्द्रीय परिषद सदस्य रामप्रसाद गैरे, जिल्ला अध्यक्ष सुरामणि बेल्बासे, सचिव डिल्ली डाँगी, गणेश चौधरी लगायतले कार्यकर्ताहरुलाई चुनावी तयारी तिव्र पार्न निर्देशन दिएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस