काठमाडौं-पाँचथरका बाम लोकतान्त्रिक गठनबन्धनका उम्मेदवार जिताउन काठमाडौंमा ३०१ सदस्यीय जम्बो निर्वाचन परिचालन समिति गठन गरिएको छ।
आइतबार गठबन्धन आवध्द दलहरु नेपाली कांग्रेस‚ नेकपा (माओबादी केन्द्र) र नेकपा (एकीकृत समाजबादी)का पाँचथर-काठमाडौं सम्पर्क संयन्त्रहरुको संयूक्त बैठकले नेपाली कांग्रेसका सम्पर्क समितिका सचिव लक्ष्मीनारायण तिम्सिना संयिजकत्वमा सम्पर्क समन्वय समितिका अध्यक्ष भक्त पयाङ्गु र एकीकृत समाजबादी अध्यक्ष गंगाप्रसाद रिजाल सहसंयोजक रहनेगरी ३०१ सदस्यीय संयूक्त बाम लोकतान्त्रिक निर्वाचन परिचालन मूल समिति र विभिन्न समिति समेत गठन गरेको हो ।
सम्पर्क कार्यालयमा बसेको संयूक्त बैठक तथा भेलाद्वारा उक्त समिति गठन गरिएको हो ।
नेपाली काग्रेस सम्पर्क समितिका अध्यक्ष निर्मल रिजालको अध्यक्षता तथा माओबादी केन्द्रका १ नं प्रदेश सम्पर्क समितिका उपाध्यक्ष एवं पूर्व संविधानसभा सदस्य ध्रुव आङ्गदेम्वेको प्रमुख आतिथ्यतामा सम्पन्न सो भेलामा गठबन्धन आवध्द दलका नेताहरुले सम्वोधन गर्नु भएको थियो।
अघिल्लो बैठकले स्थापना गरेको सम्पर्क कार्यालयमा बसेको संयूक्त बैठकदलका सम्पर्क मञ्च तथा समितिका तर्फबाट एक ढिक्का भएर आपसि समझदारी र दरिलो एकताका साथ निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन काठमाडौंमा रहेका शक्ति परिचालित गर्ने प्रतिवध्दता समेत ब्यक्त गरिएको थियो ।
गठबन्धनमा रहेका सम्पर्क मञ्चका पदाधिकारी‚ सदस्य‚ सल्लाहकार सहित जिल्लाबाट आएर अन्य भातृ संगठनमा क्रियाशिल कार्यकर्ता एवं स्वतन्त्र बुध्दिजीवि र शुभचिन्तकहरु समेतलाई समेटेर मूल परिचालन कमिटी गठन गरिएको प्रचार–प्रसार समितिका सदस्य लेखनाथ शिकारुले जानकारी दिनु भएको छ ।
यसैगरी सो मूल समिति अन्तगर्त आर्थिक समितिमा देवीप्रसाद काफ्ले‚ शान्ता बाँस्कोटा‚ अमृता योङ्गहाङ्ग‚ गजेन्द्रराज आङ्गदेम्वे‚ हरि दहाल‚ बिष्णु सुब्बा आङ्गदेम्वे‚ शेरबहादुर तुम्वापो‚ सुमन अधिकारी डिल्लिमाया थोक्लिहाङ्ग‚ देवेन्द्रकुमार सम्वाहाङ्गफे‚ महेन्द्र निरौला‚ ईश्वरीराज भट्टराई‚ सन्तकुमार लामा‚ एमके तिवारी र छवि अधिकारी रहेको १५ सदस्यीय गठन गरिएको छ।
त्यसैगरी मतदाता तथा यातायात ब्यवस्थापन समितिमा पुष्कर दाहाल‚ टिकाध्वज आङ्गदेम्वे‚ भवानी निरौला‚ सूर्य प्रकाश चेम्जोङ्ग‚ कमल तिम्सिना‚ अमृत योङ्गहाङ्ग लक्ष्मीनारायण तिम्सिना‚ अर्जुन रिजाल‚ सुजन राई‚ सुमन अधिकारी‚ प्रियकुमार नेम्वाङ्ग‚ देवीमाया थापा‚ हेमराज दहाल‚ इन्द्र सुहाङ्ग‚ कल्पना राई‚ कृष्ण वनेम फागो‚ बिक्रम भट्टराई‚ महेश पौडेल र रमेश पौडेल रहेका छन्।
प्रचार प्रसार समितिमा बिन्देश्वर खनाल‚ तुलसी बास्कोटा‚ देवेन्द्र सम्वाहाङ्गफे‚ सुमन अधिकारी‚ लेखनाथ खतिवडा शिकारु‚ बासुदेव अधिकारी‚ देवीप्रसाद रिजाल‚ जिके पोखरेल‚ बिक्रम भट्टराई‚ देशु सुहाङ्ग‚ पुनम फागो‚ संगीता सुहाङ्ग‚ कौशिला गुरुङ्ग‚ उमेश गौतम‚ गौमाया लिम्वु रहेको प्रचार प्रसार समिति गठन गरिएको संयोजक लक्ष्मीनारायण तिम्सिनाले जानकारी दिनु भएको छ ।
यसैगरी मचिन्द्र कुगेनाम्वा‚ निर्मलकुमार रिजाल‚ सूर्यकुमार दाहाल‚ डा। रामकृष्ण खतिवडा‚ ध्रुव आङ्गदेम्वे‚ लैनबहादुर थापा‚ बिष्णु सुब्बा आङ्गदेम्वे‚ खेम लावती‚ भक्तिमान सुब्बा सम्वाहाङ्गफे‚ केशर अधिकारी‚ बेनुप्रकाश कार्की‚ गंगावीर राई र बेद लावती सहित सबै दलका प्रत्यक्ष र समानुपातिक उम्मेदवारहरु रहेको सल्लाहकार समिति पनि गठन गरिएको सहसंयोजक गंगाप्रसाद रिजाल जानकारी दिनु भएको छ ।
समितिले जिल्ला स्तरीय संयन्त्र र उम्मेदवारहरुसँगको नियमित सम्पर्क र समन्वय रही समितिहरुको तत्काल बैठक बसि कामलाई अघि बढाउने र आगामी शुक्रबार २३० बजे पुन अर्को बैठक बस्ने र नेपाली कांग्रेसका नेता सूर्यकुमार दाहालले होटल पेरिस प्लाजाको सभा हल निर्वाचन घोषणा नभएसम्मका लागि कार्यालयको रुपमा उपलब्ध गराउनु भएकोले सोही स्थानमा सम्पर्क कार्यालय स्थापना भइसकेको जानकारी प्रचार प्रसार समितिका बिन्देश्वर खनालले जानकारी दिनु भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस