काठमाडौं -आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्वसन्ध्यामा एमाले शीर्षनेता चुनावी मैदानमा उत्रिसकेका छन् । पाँच दलीय गठबन्धनसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका एमालेका शीर्षनेता ‘को कति सुरक्षित छन् ?’ भन्ने विषयमा जोड–घटाउसमेत सुरु भएको छ ।
४ मंसिर निर्वाचन केन्द्रित गरेर एमालेले जनपरिचालन थालिसकेको छ । १ सय ६५ क्षेत्रमध्ये हाल एमालेसँग १ सय ४० सिटको उम्मेदवारी छ । बाँकी सिटमा एमालेले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, राप्रपा र बागी उम्मेदवारसँग तालमेल गरेको छ ।
निर्वाचनमा तालमेल गर्दा हाल एमाले अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र ५ बाट उम्मेदवारी दिएका छन् । सो क्षेत्रबाट २०७४ सालमा ५७ हजार मत ल्याएर ओलीले चुनाव जितेका थिए ।
यसपटक भने अध्यक्ष ओलीले राप्रपाको साथ पाउने निश्चित छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेले ओलीको निर्वाचन क्षेत्रबाट ४१ हजार ६ सय १९ मत प्राप्त गरेको थियो । सो मत वडाध्यक्षले पाएको मतभार हो ।
त्यस्तै, वडाध्यक्षमा कांग्रेसले २२ हजार, माओवादीले १० हजार ७ सय ७८, राप्रपाले ८ हजार ३ सय ५३ र नेकपा एसले १९ सय मत ल्याएका थिए । यो हिसाबले हालको गठबन्धन सबै दलको मत जोड्दा पनि एमाले अध्यक्ष ओली ६ हजार ८ सय ३१ मतले अगाडि छन् ।
राप्रपाको पनि साथ पाउँदा ओली १५ हजारभन्दा बढी मतले अगाडि देखिन्छन् । यस हिसाबमा ओली ‘सेफजोन’मा छन् । तर, चुनावका समयसम्म पुग्दा मत थपघट भने हुने निश्चित छ ।
त्यस्तै, एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरलले काठमाडौं क्षेत्र–५ बाट उम्मेदवार दिएका छन् । २०७४ सालको निर्वाचनमा वामगठबन्धन उम्मेदवार रहेर सो क्षेत्रबाट चुनाव जितेका पोखरेल योपटक कुनै गठबन्धनबिनै चुनावी प्रतिस्पर्धामा छन् ।
गत निर्वाचनमा कांग्रेसका प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतान्तरसहित पोखरेल विजयी भएका थिए । योपटक पनि उनी सो क्षेत्रबाट चुनाव जित्ने दाउमा छन् ।
यसपटक पोखरेलको प्रतिस्पर्धा कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग हुँदै छ । तनहुँ छाडेर अन्तिम समय काठमाडौं क्षेत्र–५ बाट उम्मेदवार दिएका पौडेलले एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलसँग चुनावी प्रतिस्पर्धा गर्न कठिन पर्ने देखिन्छ ।
स्थानीय तहको मतभार हेर्दा पोखरेल गठबन्धनभन्दा ५ हजार मतले अगाडि देखिन्छन् । कांग्रेसको मात्रको जनाधारका भरमा पौडेलले चुनाव लड्नुपर्दा गाह्रो छ । स्थानीय तहको परिणाम हेर्दा माओवादीको सो क्षेत्रमा ५ सय जना मात्रै मतदाता छन् । राजधानी दैनिक
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस