काठमाडौं-१ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि उम्मेदवार मनोनयन कार्यक्रम ९ दिनपछि हुँदै छ ।
निर्वाचन आयोगले तय गरेको कार्यक्रमअनुसार आगामी २३ असोजमा प्रत्यक्षतर्फका उम्मेदवार मनोनयन हुने भए पनि राजनीतिक दलहरूले अझैसम्म प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।
प्रमुख सत्तारूढ दलका रूपमा रहेको नेपाली कांग्रेसभित्र एकातर्फ समाानुपातिक निर्वाचन प्रणाली बन्दसूचीले तीव्र विवाद छ भने अर्कातिर गठबन्धनका कारण प्रत्यक्षतर्फको सिट संख्या र उम्मेदवार तय गर्न कांग्रेसलाई सकस भइरहेको छ ।
कांग्रेसभित्र सभापति शेरबहादुर देउवामाथि समानुपातिक बन्दसूची सच्याउन र प्रत्यक्षमा संस्थापन इतरसमूहका नेतालाई चित्त बुझाउने गरी सिट मिलाउन दबाब छ ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने सहमतिअनुसार सिट बाँडफाँट टुंग्याउने छलफल अन्तिम चरणमा पुगेको र सिट बाँडफाँट सकिएलगत्तै कांग्रेसका भागमा परेका निर्वाचन क्षेत्रहरूमा प्रत्यक्षतर्फको उम्मेदवार टुंगो लगाइने जानकारी दिए ।
यसैगरी, नेकपा माओवादी केन्द्रभित्र पनि समानुपातिक सूचीमा नै विवाद देखिएको छ । सो दललेसमेत प्रत्यक्षतर्फका उम्मेदवार तय गर्न सकेको छैन । माओवादी केन्द्रले पनि गठबन्धनबीच कहाँ कति सिट पाउने भन्ने टुंगिएपछि मात्रै उम्मेदवार’ निर्णय लिने बताइएको छ ।
माओवादी केन्द्रका नेता लीलामणी पोखरेलले पार्टीले पाउने सिट संख्या तय भएपछि मात्रै उम्मेदवार’ निर्णय हुने बताए ।
‘गठबन्धनमा कसले कति सिट पाउने भन्ने नै तय भइसकेको छैन, पहिले सिट तय होस्, त्यसपछि कहाँ को उम्मेदवार बन्ने भन्ने’ निर्णय हुन्छ,’ माओवादी केन्द्रका नेता पोखरेलले भने ।
गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीले पनि प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्ष उम्मेदवार तय गर्न सकेको छैन भने जसपालाई पनि सकस परिरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि प्रतिनिधिसभा र प्रदेशसभामा ‘कहाँ कसलाई उम्मेदवार बनाउने ?’ भन्ने तय गर्न सकेको छैन । एमालेले उम्मेदवार’ छलफल गर्न बिहीबार केन्द्रीय सचिवालय बैठक डाकेको छ । एमालेले १६ असोजभित्र प्रत्यक्षतर्फका उम्मेदवार तय गर्ने बताउँदै आइरहेको छ ।
एमाले उपाध्यक्ष सुवास नेम्वाङले प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फका उम्मेदवार विषयमा पार्टीभित्र ‘वर्कआउट’ भइरहेको र १६ असोजसम्म उम्मेदवार तय गरिने जानकारी दिए ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पनि समानुपातिक निर्वाचन प्रणाली बन्दसूचीका कारण विवाद हुँदा प्रत्यक्ष तर्फका उम्मेदवार चयन गर्न समस्या हुँदै आइरहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस