वि.सं.२०७९ साल आश्विन ११ गते मंगलबार । ईश्वी सन् २०२२ सेप्टेम्बर २७ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । आश्विन शुक्लपक्ष । तिथि–द्धितिया, रातको २ बजेर ४७ मिनेट उप्रान्त तृतीया । नक्षत्र–हस्त, बिहान ७ बजेर ३७ मिनेट उप्रान्त चित्रा । योग–ब्रम्ह्, बिहान ०९ बजेर ०२ मिनेट उप्रान्त ऐन्द्र । करण–बालव, दिउसो ३ बजेर ०७ मिनेट उप्रान्त कौलव, रातको ०२ बजेर ४७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कन्या, बेलुकी ७ बजेर ४२ मिनेट उप्रान्त तुला । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ५५ मिनेट । सूर्यास्त बेलुकी ०५ बजेर ५४ मिनेट । दिनमान २९ घडी ५७ पला । पर्यटन दिवस ।
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
व्यावसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्याक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईँकै पक्षमा नतिजा आउदा मन खुशि हुनेछ । पढन पाढनमा अली मन नजादा गृहकार्यहरु समयमा सकाउन मुस्किल पर्नेछ । रमाईलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा बिश्वास बढेर जाने तथा बिबाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ । बिवाद तथा प्रतिस्पर्धामा बिपक्षहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । साझपख भौतिक सम्पती तथा उपाहार प्राप्तीको योग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
चिताएको काममा बाधा हुने तथा सोचेजस्तो नहुनाले दैनिक कामगर्न गाह्रो महशुष हुनेछ । बिना कारण तनाव बढ्ने तथा पढाई लेखाईमा पछि परिनेछ । गलत कामहरु भुलेरपनि नगर्नुहोला तुरुन्तै दण्ड तथा जरिवाना हुने समय रहेकोछ । तरपनि व्यापारबाट आम्दानी हुने योग रहेकोछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
कुनै काम शुरु गर्नुभन्दा पनि पुरानै कामहरुलाई निरन्तरता दिनुहोला । चाहदा चाहदै पनि घरायसी शुख सुबिधाहरु प्रयोग गर्न नपाउदा मन खिन्न हुनेछ । काम बिग्रने हुँदा राजकिय सम्मान पाउने योग टरेर जाने तथा राजनीतिमा प्रतिस्पर्धीहरु हावी हुनेछन् । छातिमा देखिने समस्याका कारण काम गर्न नसकेजस्तो हुनेछ । घर परिवार तथा साथिहरुबाट टाडिएर परदेशको यात्रा गर्नुपर्दा असहज महशुस हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दौडधुप तथा लामो खटाईले मात्र कामरु सम्पादन हुनेछन् । पुराना मुद्दाहरुको निर्णय तपाईँको पक्षमा नआउने तथा नया बिवादमा फस्ने योग रहेकोछ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आएपनि तत्काल भन्दा पनि पछिको लागी फाईदा हुनेछ । आफुभन्दा ठुला तथा प्रतिष्ठित व्याक्ति हरुसँग बिवाद बढ्ने योग रहेकोछ । तरपनि सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
बोल्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । आफन्त तथा ईष्टमित्रसँग मनमुटाब बढ्नेछ । रुपैया पैसाको कारोबार गर्दा ध्यान दिनुहोला सापटी लाने तथा अनाबस्यक ठाउमा खर्च बढ्नेछ । माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब बढ्नेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आउनेछ । तरपनि व्यापारबाट मनग्गे लाभ हुनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
पुराना कामबाट लाभ लिने समय रहेकोछ भने नया काम शुरु गर्दा मनग्गे आम्दानी हुनेछ । समयको सहि सदुपयोग गरी रचानात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साभिभाईको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडिहरुका लागी समयले साथ दिनेछ भने नयाँ नया प्रेम प्रस्ताव आउनेछ । बिद्यार्थीहरुले पढाइमा राम्रो प्रगती गरी आफन्त तथा गुरुवर्गहरुलाई खुशी राख्न सक्नेछन् ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आफन्त तथा अग्रजहरुसँग विवाद सिर्जना हुनेछ । गैर न्ययिक काम नगर्नुहोला दण्ड तथा जरिवाना हुने समय रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा औषधी उपचार खर्च बढेर जानेछ । माया प्रेममा धोका हुनेछ भने पढाइ लेखाइमा मन नजादा अरुभन्दा पछि परिनेछ । तरपनि विदेशी सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ भने कर्म प्राप्तीको लागि लामो दुरिको विदेश यात्रा हुनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
भौतिक सम्पतिहरु जुट्नेछन् भने उपाहार प्राप्त हुने योग रहेकोछ । नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । सरकारी सम्पती तथा पैत्रिक सम्पती हात लागी हुने प्रसस्त सम्भावना रहेको छ । दाजुभाई वा अग्रजहरुको सुझाब तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । बिद्यामा राम्रो प्रगती हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । लगानीबाट फाइदा हुने योग रहेको छ । आत्मिय मित्र तथा आफन्तका साथ रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालनमा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यास्त भएपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछी परिने चिन्ताले सताउनेछ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । तरपनि व्यापारमा वृद्धि हुनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न उपहार पाइनुका साथै आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। जीवन साथिको साथ रमाईलो यात्रा गर्न सकिनेछ भने यात्राबाट सकारात्मक नतिजा हात लागि हुने योग रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस