बिराटनगर -नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनमतका स्थानीय नेता कार्यकर्ता शनिबार जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् ।
बिराटनगरको वडा नम्बर १२ मा आयोजित वडा कमिटी भेला तथा प्रशिक्षण कार्यक्रममा दर्जनौँ नेता, कार्यकर्ता जसपा प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य युवराज कार्की, केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गुप्ताले अवीर तथा फुलमाला लगाएर पार्टी प्रवेश गराएका हुन् ।
पार्टी प्रवेश गरेको बिराटनगरको वडा नम्बर १२ मोरङको निर्वाचन क्षेत्र नं ६ अन्तरगत पर्दछ जहाँबाट जसपा, नेपालले राजेश लोहनी र प्रोफेसर राजेन्द्रप्रसाद गुप्तालाई उम्मेदवार बनाउने सम्भावना रहेको छ भने नेपाली काङ्ग्रेसका डा.शेखर कोइराला उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्ने तयारीमा छन्।
यदि गठबन्धनबाट सम्मानजनक सिट बाँडफाँड नभए जसपा एक्लै चुनाव लड्ने योजनामा छ । जसपा, नेपालले मोरङको निर्वाचन क्षेत्र ५ र ६ बाट चुनाव जित्ने दावी गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस