काठमाडौ- नेकपा(माओबादी केन्द्र) पाँचथर-काठमाडौं सम्पर्क समन्वय समितिको शनिबार सो पार्टीको १ नं. प्रदेश सम्पर्क कार्यालय जडिबुटीमा बसेको बैठकले निर्वाचनमा केन्द्रीत हुने निर्णय गरेको छ।
गठबन्धनमा सिट बाँडफाँड र उम्मेदवारको टुङ्गो लागि नसकेको भएतापनि प्रत्यक्ष तर्फ गठबन्धनका उम्मेदवारहरुलाई र समानुपातिक तर्फ पार्टीलाई जिल्लाको पहिलो पार्टी बनाउने लक्ष्यका साथ आवश्यक तयारीमा लाग्ने निर्णय भएको समितिका सचिव सुमन अधिकारीले बताएका छन्।
निर्वाचन तयारीका लागि पाँचथर-काठमाडौं सम्पर्क समितिका ईञ्चार्ज बिष्णु सुब्बा आङदेम्वेको अध्यक्षतामा जिल्ला सम्पर्क समितिका सदस्य,सल्लाहकार समिति सदस्य,बिभाग तथा समितिका सदस्यहरु,अन्य जनवर्गीय संगठन र मोर्चामा रहेका पाँचथरेहरु समेत सदस्य रहने गरि निर्वाचन परिचालन मूल समिति गठन गरिएको छ !
यसैगरि, सम्पर्क समन्वय केन्द्रीय प्रचार तथा प्रकाशन बिभागका सदस्य बिन्देश्वर खनालको संयोजकत्वमा देबेन्द्रकुमार सम्वाहाङ्फे,जंग तामाङ् र तुलसि बाँस्कोटा सदस्य रहेको निर्वाचन प्रचार-प्रसार समिति र शेरबहादुर तुम्वापोको संयोजकत्वमा बिमल जवेगु,प्रियकुमार नेम्वाङ,कृष्ण वनेम फागो,छत्र घतानी,देवेन्द्रकुमार सम्वाहाङ्फे,डिल्लिमाया थोक्लिहाङ् र खेम लावती रहेको आर्थिक ब्यबस्थापन समिति गठन गरिएको छ।
त्यस्तै क. दिपक लामा सामदेनको संयोजकत्वमा मतदाता संकलन तथा व्यवस्थापन समिति गठन गरिएको छ सो समितिका अन्य सदस्यहरुमा राजु राई,सुमन अधिकारी,कविन्द्र आङ्देम्वे,ईन्द्र सुहाङ्,कल्पना राई,खेम लावती,छत्र घतानी,डिल्लिमाया थोक्लिहाङ्,प्रियकुमार नेम्वाङ र हेमराज दाहाल रहेका छन् !
साथै, उक्त बैठकले ८ वटै पालिका सम्पर्क समिति गठन गरेको र दशैं बिदा अगावै वडास्तरीय समिति समेत निर्णय गर्नुका साथै संगठन सुदृढीकरण र आर्थिक सम्वन्धि अन्य आन्तरिक निर्णय समेत गरेको सचिव अधिकारीले जानकारी दिएका छन् ।
यसैगरी सोही बैठकमा १ नं. प्रदेश सम्पर्क समितिका तर्फबाट पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक तर्फ बिष्णु सुब्बा आङ्देम्वे र पाँचथर ख बाट बिन्देश्वर खनाल र भक्त पयाङ्गु तथा प्रदेश क बाट प्रत्यक्ष तर्फबाट दिपक लामा साम्देनको नाम सिफारिस गरिएको सार्वजनिक गरिएको अध्यक्ष भक्त पयाङ्गुले जानकारी दिनु भयो !
१ नं. प्रदेश ईञ्चार्ज शिव बस्नेत तथा १ नं. प्रदेश उपाध्यक्ष ध्रुबकुमार आङ्देम्वे,ईञ्चार्ज बिष्णु सुब्बा लगायतको उपस्थिति रहेको बैठकले गठबन्धनका अन्य सम्पर्क समितिहरु र मञ्चसँगको सम्पर्क र समन्वयको जिम्मा पदाधिकारी,सदस्य तथा सल्लाहकार समितिलाई दिएको र गठवन्धनको टुङ्गो लागेपछि समन्वय अघि बढाईने अध्यक्ष पयाङ्गुले बताउनु भयो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस