दाङ-आउँदो मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा दाङ निर्वाचन क्षेत्रनम्बर २ बाट एमालेले महासचिव शंकर पोखरेललाई उम्मेदवार बनाउँदै छ।
पोखरेल प्रतिनिधिसभाका लागि उम्मेदवार बन्ने पाक्का भएसँगै प्रदेशसभामा उनको सारथी को हुने भन्ने चासोको विषय बनेको छ।
प्रतिनिधिसभातर्फ पोखरेल उम्मेदवार हुने भएसँगै उक्त क्षेत्रमा अन्य आकांक्षीहरु देखिएका छैनन्। तर, प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर (क) र (ख) मा उम्मेदवार बन्न आकांक्षीहरु धेरै देखिन्छन्। विशेष त प्रदेशसभा (क) मा भन्दा (ख) मा आकांक्षीहरु धेरै देखिएका छन्।
एमालेका एक जिल्ला नेताका अनुसार (क) मा प्रदेश कमिटी सदस्य बलिभद्र राना उम्मेदवार बन्ने निश्चित जस्तै भइसकेको छ। उनीभन्दा बलियो उम्मेदवार निर्वाचन क्षेत्रनम्बर २ (क) बाट अरु हुन नसक्ने ती नेताले बताए। रानाको एकल नाम सिफारिस हुँदैछ । बिपक्षि पार्टीसंग खेल्न सक्ने र प्रभाबित पार्नुका साथै जनजाती समुहको मत क्यास गर्न सक्ने एमालेको बुझाई छ ।
उनका अनुसार जिल्ला तहमा रानालाई नै उम्मेदवार बनाउने लगभग निश्चित भइसकेको छ। निर्वाचन क्षेत्रनम्बर २ (क) बाट यसअघि २०७४ को निर्वाचनमा महासचिव पोखरेलले निर्वाचन जितेका थिए। (क) मा बंगलाचुली गाउँपालिकासहित घोराहीको ४, १३, १४, १५, १७, १८ र १९ नम्वर वडा पर्दछन्।
त्यस्तै निर्वाचन क्षेत्रनम्बर २ (ख) मा भने अहिलेसम्म तीन जनाको नाम चर्चामा छ। प्रदेश कमिटी सचिब लक्ष्मण आचार्य, प्रदेश कमिटि सदस्य टोपेन्द्र केसी र गिरिराज केसीको नाम अहिले चर्चामा छ। उनीहरुमध्ये कसले टिकट पाउने हुन् ? भन्ने नेताहरुको आ–आफ्नै विश्लेषण छ। आचार्यले टिकट पाउने बलियो सम्भाबना छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस