वि.सं.२०७९ साल साउन २७ गते । शुक्रबार । ईश्वी सन् २०२२ अगष्ट १२ तारिख । नेपाल संवत् ११४२ । नल संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावन शुक्लपक्ष । तिथि– पूर्णिमा, बिहान ०७ बजेर २५ मिनेट उप्राान्त प्रतिपदा । नक्षत्र–धनिष्ठा, रातको ०३ बजेर ५५ मिनेट उप्रान्त शतभिषा । योग–सौभाग्य, दिउसो ०१ बजेर ५८ मिनेट उप्रान्त शोभन । करण–बव, बिहान ०७ बजेर २५ उप्रान्त बालव, बेलुकी ०६ बजेर २० मिनेट उप्रान्त कौलव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मकर, बेलुकी ४ बजेर ३४ मिनेट उप्रान्त कुम्भ । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ३३ मिनेट । सूर्यास्त बेलुकी ०६ बजेर ४७ मिनेट । दिनमान ३२ घडी ५५ पला ।
पूर्णिमा,ॠषितर्पणी , रक्षाबन्धन , व्याजाँनके, गुँपुन्ही , मानसव्रत समाप्ती , पशुपतिनाथ, ल.पु.कुम्भेश्वर , गोसाइँकुण्ड, सोलु दुधकुण्ड , जनकपुर धनुषसागर आदि स्थानमा मेला,डडेलधुरा भागेश्वरजाँत, संस्कृति दिवस , मुक्तिनाथ यार्तुङ, डोलेश्वर उत्सव , गाईजात्रा , सापारु
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आर्थिक अवस्था उकास्न गरिने क्रिर्याकलापहरु फस्टाएर जाने हुनाले मनग्गे आम्दानी हुनेछ । बुवाको धन परिचालन गरी लाभ लिन सकिनेछ । शिक्षा तथा यस्तै क्षेत्रमा लगानी गर्ने अवसर आउनेछ । दाजुभाईको सहयोगले सवारी साधन जोड्न सकिनेछ भने प्रेम तथा मित्रतामा आत्मियताको विकास हुनेछ । अध्ययनमा सुधार भएर जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारिको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेकोछ । काम गर्ने ठाउमा तपाईंको कामको प्रशंसा हुनेछ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)
भाग्य तथा समयले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारि क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी दिन राम्रो रहेकोछ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यावसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरु फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पती हात लागी हुने योग रहेकोछ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरिको यात्रा हुने योग रहेकोछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
अध्ययन अध्यापनमा अरुलाई पछी पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार व्यावसायबाट नाँफा कमाउन सकिनेछ भने यात्राको तय गर्न सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुशि भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाईने ग्रहयोग रहेकोछ भने समाजको पक्षमा काम गर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार व्यावसायमा लगानी बढाएर प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेकोछ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईँको नाम रहेनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगती देखेर मन रमाउनेछ भने बंश बृद्धिको गतिलो सम्भावना रहेकोछ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरु खुशि हुनेछन् । आकस्मिक धन तथा सम्पती लाभ हुने योग रहेको छ । आफुले मन पराएको मानिसबाट उपाहार प्राप्त हुने हुनाले मन प्रशन्न रहनेछ । नयाँ योजनाहरु बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
राजनीति तथा समाजसेवामा परिश्रम गरे अनुसार पद प्रतिष्ठा पाईने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा मनग्गे धन आर्जन गर्न सकिने तथा कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले भनेजस्तो आम्दानी गर्न सक्नेछन् । माया प्रेममा नजिक हुने समय रहेकोछ भने पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
सानो प्रयत्नले राम्रो काम गरी फाईदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथिको सहयोगले कामहरु बन्नेछन्् । रोकिएर बसेका कामहरु बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकिहरु माझ राम्रो काम गरी प्रशिद्धि कमाउन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
बोलिबचनमा मिठास आउने तथा बोलेरै धेरै कामहरु गर्न सकिनेछ । गित संगित तथा यस्तै क्षेत्रमा समय खर्चदै हुनुहुन्छ भने प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ । धन तथा भौतिक सम्पती राम्रोसँग परिचालन गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेममा आत्मियता बढ्नेछ भने पारिवारिक माहोलमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । भोजनसँग सम्बन्धीत व्यावसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)
सानातिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेकोछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । दाजुभाईले तपाईको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धी मुलक काम गर्न सकिनेछ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेकोछ । व्यापार व्यावसायमा लगानी गरी आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
बिदेश यात्राको गतिलो सम्भावना रहेकोछ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यावसायमा अरुदिन भन्दा अली बढी समय खर्चिनु पर्नेछ । राम्रो संगत तथा अग्रज सल्लाहले कामहहरु समयमा अगाडी बढ्नेछन् । समयको गति सँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरुभन्दा अगाडी बढ्न सकिनेछ । प्रसस्त तयारी गरेर महत्वपूर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । प्रेम प्रशङमा रमाउन चाहनेहरुका आज समय राम्रो रहेकोछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस