काठमाडौं-मंसिर,४ गतेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको घोषणासँगै उम्मेदवारको बारेमा चासो र चर्चा चल्न सुरु भएको छ भने आकाँक्षीहरुले पनि विभिन्न माध्यमबाट आफ्नो ईच्छा र दावी सार्वजनिक गर्न थालेका छन ।
हिजोमात्र पाँचथर प्रदेश ‘ख’ बाट मैयाँ श्रेष्ठ लावतीको दावी सार्वजनिक भएपछि सोही प्रदेशबाट गत निर्वाचनमा ५ हजारभन्दा वढी मतले बिजयी भएर ४ बर्ष भन्दा बढी आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका संभावित मुख्यमन्त्रीका दावेदार ईन्द्र आङ्वो मौसमतिर सबैको ध्यान सोझिएको छ।
उम्मेदवारको अन्तिम निर्णय गर्ने अधिकार पार्टीको हो र त्यसभन्दा पनि पहिला गठवन्धन दलका बीचमा सिट वाँडफाँडको टुङ्गो लाग्नु अगावै यस सम्वन्धमा अहिल्यै टुङ्गोमा पुगि हतार हुनेछ यद्यपि आकाक्षीहरुले आफ्नो ईच्छा जाहेर गर्नलाई अन्यथा रुपमा लिन मिल्दैन।
पार्टी नेतृत्वसँग मैले कुनै छलफल सल्लाह तथा कुराकानी त गरेकी छैन,समय आएपछि आधिकारिक ठाउँमा छलफल गरेर निर्णयमा पुगिने नै छ,गठबन्धनले सिटको भागबण्डा कसरी टुङ्गाउँछ, त्यसपछि सबै कुरा अघि बढ्छ। यदि नेपाली काँग्रेसको भागमा पाँचथरको प्रदेश ‘ख’ पर्यो भने क्षेत्रीय सभापतिको नाताले मात्र होईन मैले त्यस क्षेत्रका जनताको सेवा र पार्टी संगठन बिस्तारका लागि खेलेको भूमिकाका आधारमा पहिलो हक दावी गर्नु मेरो अधिकार हो। पार्टीको एउटा जिम्मेवार र ईमान्दार कार्यकर्ताको नाताले पार्टी र गठवन्धनले गरेको निर्णयलाई स्विकारेर जानुको बिकल्प रहँदैन- मैयाँ श्रेष्ठ लावतीले हामीसँगको प्रतिक्रियामा बताउनु भएको छ।
यसैबीच-हामीले ईन्द्र आङ्वो मौसमसँग वहाँको अगाडीको यात्रा र योजनाका बारेमा बुझ्न खोज्दा आफू जिम्मेवार ठाउँमा भएकोले अहिल्यै यो बिषयमा बोली हाल्नु हतार नभएको र त्यसले गठबन्धनका दलहरु बीचमा समस्या र बिवाद ल्याउन सक्ने भन्दै विगत काम,दक्षता र लोकप्रियताका आधारमा उम्मेदवारको टुङगो लगाईने बताउनु भयो।
आफूले ४ बर्ष सफल अर्थमन्त्रीको रुपमा काम गरेकोले अब फेरि मन्त्रीकै लागि मात्र प्रदेशसभाको निर्वाचन नलड्ने भन्दै वहाँले गठवन्धन र पार्टी नेतृत्वले मुख्यमन्त्रीमा सहमति गरे मात्र प्रदेश सभामा त्यो पनि पहिलाकै निर्वाचन क्षेत्रबाट चुनाव लड्ने नभए प्रतिनिधिसभामा सशक्त दावी रहने प्रष्ट संकेत गर्नुभयो।
गठबन्धनका जिल्ला नेतृत्वले गम्भिरतापूर्वक र हार्दिकतापूर्ण ढंगबाट छलफलबाट सिटको बाँडफाँड टुङ्याउन सकिने र आँकाक्षीहरुलाई र संभावित उम्मेदवारहरुको ब्यवस्थापन गर्न सकिने बहाँको धारणा रहेको छ।
यसैबीच माओबादी केन्द्रले पाँचथरबाट प्रतिनिधि सभाको सिटमा दावी लिने बुझिएको छ।
एमाले सहितको गठबन्धनमा रहेर एमालेले जितेको स्थानमा आफ्नो दावी गर्ने पहिलो हक रहेको र प्रदेशको भागबण्डा मिलाउन पनि पाँचथरमा आफ्नो स्वाभाविक रुपमा दाबी रहने प्रदेश कमिटीका जिम्मेवार नेताहरु बताउँछन ।
बिगत प्रदेश अर्थ मन्त्रीको रुपमा रहेर बिकासप्रेमी नेताको पहिचान बनाएकोले मौसमलाई टिकट दिएमा गठबन्धनलाई जित्न सहज हुने सर्वसाधारणको समेत ठम्याइ रहेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस