काठमाडौँ- साउन १५ गातेको दिन। नेपाली समाजको खीर खाने दिन। त्यहि दिन दिनभर नेपालको प्रशासनिक केन्द्र सिंहदरवार भित्र रहेको गृह मन्त्रालय परिसरमा पाँचथरबाट गृहमन्त्री बालकृष्ण खाणलाई भेट्न गएका जनप्रतिनीधिहरु केहि रातो पिरो देखिन्थे।
प्रतिनीधिको नेतृत्व जिल्ला समन्वय समिति प्रमुख रामराज आङ्गदेम्बे र कुम्मायक गाउपलिकाका अध्यक्ष बमप्रसाद लावतीले गरेका थिए। बिषय थियो गत साल कार्तिक १,२ र ३ गते आएको विषम अविरल बर्षाले घरबारबिहिन भएका पीडितको आवाज उठाउनु। उनीहरुलाई राहत दिलाउनु।
आगन्तुक कक्षमा ३ घण्टा पर्खे पनि गृहमन्त्रीले भेट नदिई बाहिर निस्केको सूचना पाएपछि प्रमुख आङ्गदेम्बे असन्तोष जनाउदै बाहिरीए। केहि क्षणमा अरु प्रतिनिधि पनि आ-आफ्नो बाटो लागे।
भोलिपल्ट फाल्गुनन्द फाकतेपका राजनैतिक तथा सामाजिक ब्यक्तित्क अविन्द्र प्रसाद चेम्जोङको अन्त्येष्टिको दिन पनि थियो भने गृह मन्त्रीको स्वकीय सचिबले अध्यक्ष लावतीलाई भेट्न मन्त्रीको समय मिलेको र भेट्न आउन भने।
अध्यक्ष लावती मोरङ्ग कांग्रेसी कार्यकर्ता डीगबहादुर चेम्जोङ्गलाई लिएर गृह मन्त्रीलाई भेट्न सिंहदरबार छिरे र गृहमन्त्री संग कड्किन थाले।
मन्त्री ज्यु , विपदको बेला प्रधानमन्त्री र तपाई हेलिकप्टरमा सवार भएर पीडित जनतालाई यो पनि हुन्छ त्यो पनि हुन्छ भनेर आश्वासन दिने अनि आज सम्म धनजन , बालीनाली गुमाएका कृषकले जनाताई केहि पनि नदिने? के तरिका हो यस्तो? बाढी पहिरो पीडितले हामीलाई गुनाशो गरेको गर्यै छन्। यस्तै हो भने हामीले राजनीति कसरि गर्ने ?’
अध्यक्ष लावतीको आक्रोश देखेर मन्त्री खाण पनि जंगिए ‘ बाढी पहिरो मैले पठाएको हो र लावती जी ? कर्मचारीले राहत दिनु भनेर निर्देशन दिएकै हो। कहाँ कमजोरी भयो , कसले कमजोरी गर्यो भन्दै फोन थिच्न थाले।
मन्त्री खाणले विपद ब्यबस्थापन महाशाखालाई फोन गरेर आदेश दिए -‘पाँचथरको कुम्मायक,तुम्बेवा,मिक्लाजुङ्ग,फ़ालेलुङ्ग र फिदिमका पीडितलाई राहत उपलब्ध गराउनु। ‘
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस