काठमाडौं -सरकारले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अब आजको १०८औं दिन ‘एकै दिन एकै चरण’मा गर्नेगरी ४ मंसिरका लागि मिति तोकेको छ ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले आगामी ४ मंसिरमा १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा चुनाव मिति तोकेको हो ।
यसअघि, बुधबार बसेको सत्तारूढ गठबन्धन बैठकले ४ मंसिरमा निर्वाचन गर्ने सहमति गरेको थियो । आयोगले निर्वाचन घोषणा भएपछि पत्रकार सम्मेलन गर्दै पर्याप्त समय रहेको बताएको छ । आयोगले यसअघि निर्वाचनका लागि तयारी गर्न १ सय २० दिनको समय आवश्यक पर्ने बताउँदै आएको थियो ।
निर्वाचनका लागि १० अर्ब खर्च हुन सक्ने भन्दै आयोगले सरकारसमक्ष प्रारम्भिक खर्चको विवरणसमेत बुझाइसकेको छ । २०७४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा आयोग, जिल्ला निर्वाचन कार्यालय ७७ र निर्वाचन अधिकृत कार्यालय १ सय ६५ समेत गरी ७ अर्ब ८० करोड खर्च भएको थियो ।
देशका ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ता भइरहेको छ भने निर्वाचन घोषणा भइसकेका कारण अब शुक्रबारबाट सो कार्य रोकिनेछ ।
पछिल्लोपटक स्थानीय तह निर्वाचनपछि १ असारबाट सुरु नामावली दर्ताक्रममा बिहीबार दिउँसोसम्म ४ लाख ४८ हजार ५ सय १६ नयाँ मतदाता थप भएका छन् ।
जसअनुसार बिहीबार दिउँसोसम्म प्रदेश १ मा ९० हजार २ सय ७५, मधेस प्रदेशमा ८३ हजार ३ सय ६, बाग्मती प्रदेशमा १ लाख ४ हजार ४ सय ७, गण्डकीमा ४५ हजार ३९, लुम्बिनीमा ७० हजार ६६, कर्णालीमा १८ हजार ६ सय ८६ र सुदूरपश्चिम प्रदेशमा ३६ हजार ७ सय ३७ नयाँ मतदाता थपिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस