काठमाडौं-साउन ११ गते निर्मला हत्या प्रकरणको चार वर्ष पूरा भएको छ। हत्याराको खोजी र अनुसन्धानका लागि बनेका समितिले बुझाएका प्रतिवेदनको चाङ लागे पनि हत्यारा अझै भेटिएको छैन।
चार वर्षमा १०७ जनाएको डिएनए परीक्षण गरेको रिपोर्ट प्रहरीको हातमा छ भने तीन वटा परीक्षणको क्रममा छन्। परीक्षणको क्रममा रहेकोसहित प्रहरीसँग ११० वटा डिएनए रिपोर्ट मात्रै छन्। यो अवधिमा प्रहरीले विभिन्न शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गरिसकेको छ। यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ।
समाचार अनुसार हालसम्म अनुसन्धान जारी रहेको छ। यस हत्या प्रकरणमा अहिलेसम्म त्यस्तो कुनै तथ्य फेला नपरेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख (एसपी) सामसुन चौधारीले बताउनुभयो। “अनुसन्धान जारी छ, निर्मलाको परिवारसँग प्रहरीको निरन्तर सम्पर्क छ”, उहाँले भन्नुभयो, “सीआइबीलगायतको टोलीले यसको सूक्ष्म अध्ययन गरिरहेको छ।”
प्रहरीले अनुसन्धान जारी राखेको छ भन्दै गर्दा परिवारले न्याय पाउने आशा मारेको छैन। साउन ४ गतेदेखि काठमाडौंको वसन्तपुरमा भीमदत्त नगरपालिका–१२ कञ्चनपुरका सामाजिक अभियन्ता ईश्वर दत्त जोशीले तेस्रो चरणको सत्याग्रह सुरु गर्नुभएको छ।
उहाँले भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरेको चार वर्ष बितिसक्दा पनि घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेका भन्दै आन्दोलन गर्नु परेको बताउनुयो।
२०७५ साउन १० गते साथीको घर जाने भनेर घरबाट हिँड्नुभएकी पन्तको शव साउन ११ गते फालिएको अवस्थामा भीमदत्त नगरपालिका–१८ निम्बुखेडा सडक नजिकै रहेको उँखुबारीमा भेटिएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस