काठमाडौं – एसिया कप छनौटमा सोमबार गरिएको ड्रअनुसार नेपाल कठिन समूहमा परेको छ । समूह ‘एफ’मा नेपालसँगै यमन, ताजकिस्तान र फिलिपिन्स रहेका छन् ।
यूएईको अबुधाबीमा भएको एसिया कप छनौटको ड्रमा नेपालले यमन, ताजकिस्तान र फिलिपिन्सलाई प्रतिस्पर्धी पाएको हो । ग्वामले नाम फिर्ता लिएपछि एएफसी सोलिडारिटी कपको विजेता भएको नाताले एसियाली फुटबल महासंघ एएफसीले नेपाललाई एसिया कप छनौट खेल्ने मौका दिएको हो ।
नेपाल रहेको समूहमा परेका फिलिपिन्स फिफा वरियतामा १२२ औं स्थानमा, ताजकिस्तान १ सय ३२ औं स्थानमा र यमन १४९ औ स्थानमा छन् । नेपाल भने १ सय ७५ औं स्थानमा छ ।
खेल होम एण्ड अवेका आधारमा हुनेछन् । नेपालले पहिलो खेल आगामी मार्च २८ मा फिलिपिन्ससँग फिलिपिन्समै खेल्नेछ । यस्तै दोश्रो खेल जुन १३ मा यमनसँग नेपालमा हुने छ । तेश्रो खेल सेप्टेम्बर ४ तारिखमा ताजिकिस्तानसँग नेपालमा हुने छ । चौथो खेल अक्टुबर १० का दिन ताजिकिस्तानसँग उसकै घरेलु मैदानमा हुने । पाँचौ खेल फिलिपिन्ससँग नोभेम्बर १४ का दिन नेपालमा हुने छ । अन्तिम खेलमा नेपालले यमनसँग उसकै घरेलु मैदानमा खेल्ने छ ।
अन्तिम चरणको छनौटमा २४ टिम छन् । चार-चार टिमको ६ समूह बनाइएको छ । प्रत्येक समूहको शीर्ष दुई टिम एसियन कपमा छनोट हुनेछन् । डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया, जापानलगायत विश्वकप २०१८ मा एसियाली छनौटको अन्तिम चरणमा पुगेका १२ देश यसअघि छानिइसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस