काठमाडौँ- तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको दाबी नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गरेका छन् । पार्टीको स्कुल विभागले आयोजना गरेकाे स्थानीय तहका जनप्रतिनिधि अभिमुखीकरणलाई सम्बोधन गर्दै नेपालले सो कुरा बताएका हुन् ।
नेपालले केपी शर्मा ओलीलाई नेकपा फुटाएपछिका दिनमा पनि पार्टीलाई एकताबद्ध गर्न नसकेको आरोप समेत लगाएका छन् ।
एमालेमा राजा, महाराजाको गन्ध आएपछि आफूले नयाँ पार्टी गठन गरेको पनि नेपालले बताएका छन् । ओलीले अहम् देखाएकै कारण अहिलेको अवस्था सिर्जना भइरहेको उनले बताए ।
उनले भने, “सर्वोच्चले पहिलाकै अवस्थामा जानु भनेर आदेश आइसकेपछि पार्टी निर्माण गर्न बाध्य भयौँ । ०७५ जेठ ३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । फेरि २०७५ फागुन २३ गतेको फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टिए । यो फुटाउने काममा केपी ओलीजीले भूमिका खेल्नुभयो। त्यसको रहस्य एमालेलाई एकताबद्ध गराउने होला भन्ने आशा गरेका थियौँ । तर फागुन २८ गते एकलौटी बैठक बसेर केपी ओली पक्षका मान्छेको मात्रै उपस्थिति गराएर एकलौटी पार्टीको विधान संशोधन भयो । हामीले नेकपा एमाले कम्युनिष्ट पार्टी नरहेको थाहा पाएपछि हामी बाहिरियौँ । त्यसमा राजा‚ महाराजाका गन्ध आए। त्यसपछि सबै साथीले नयाँ ढंगबाट जानुपर्ने कुरा राखेपछि नै हामी नयाँ पार्टी निर्माण गरेर आएका हौँ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस