सोल – नेपाल तामाङ संघ दक्षिण कोरियाले आउदै गरेको राष्ट्रिय पर्व तथा तामाङ समुदायको महान चाड ” सोनाम ल्होछार २८५३” औं ज्या ल्हो (चरा वर्ष ) को सम्पुर्ण तयारी पूरा गरेको छ ।सोनाम ल्होछार कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २७ मा मनाउने तय भैसकेको छ।
“तामाङ कला संस्कृतिको संरक्षणमा हाम्रो एकता संघीय राज्य र आर्थिक संवृद्वी आजको आवश्यकता” भन्ने मुल नाराका साथ यो वर्ष टे ल्हो ( बाँदर वर्ग) को बिदाई र ज्या ल्हो (चरा वर्ष) को भव्य रुपमा स्वागत गरि मौलिक चाड सोनाम ल्होछार मनाउन लागेको हो । सदाका वर्ष झैं यो वर्ष पनि संघले लामा गुरुहरुबाट विशेष पुजापाठ गरि सोनाम ल्होछारको सुरुवात हुने जनाएको छ ।
सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हरेक वर्ष कोरियन सलनालमा मनाउने भएकोले ल्होछार बिशेष परिकारहरु र तामाङ जातीको मौलिक भेषभुषाको प्रदर्शन साथमा बिभिन्न तामाङ सेलो, मेहेन्दोमायाँ नृत्य , गीत र स्थानीय तथा राष्ट्रिय तामाङ कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति कार्यक्रमको मुख्य आकर्षण रहने कुरा आयोजकले जनाएको छ।
ल्होछार कार्यक्रमलाई भव्य रूपमा सफल बनाईदिनका लागि कोरियामा रहेका विभिन्न क्षेत्रीय र जातीय संघ संस्थाहरु ,राजनीतिक भातृ संगठनहरु, सामाजिक अभियान्ताहरु , व्यापारी , बुद्धिजीवी , विद्यार्थी , पत्रकार ,खेलाडी , कोरियावासी नेपाली समुदायमा संघले अनुरोध गरेको छ ।
साथै सो दिन बिशेष सोनाम ल्होछार कार्यक्रम भएको हुनाले कोरियावासी तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुलाई जातीय पोशाकमा उपस्थित भै कार्यक्रमलाई भव्य रुपमा सफल बनाईदिनुहुन तामाङ संघका अध्यक्ष उईनासिङ वाईवा तामाङले अनुरोध गरेका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस