काठमाडाैं-प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचार गरी सोमबार स्वदेश फर्किए ।
प्रधानमन्त्री ओलीको स्वागतका लागि नेकपा सचिवालय सदस्य वामेदव गौतम विमानस्थल पुगे। केही समयअघिसम्म पार्टी अध्यक्ष ओलीसँगको सम्बन्ध सुमधुर नभएको चर्चा भइरहँदा सांसदसमेत नरहेका गौतम अचानक ओलीको स्वागतका लागि विमानस्थल पुग्नुलाई नेकपाभित्रको आन्तरिक राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।
नेता गौतमका अलावा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई, पार्टी महासचिव विष्णु पौडेललगायत पनि प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुगेका थिए।
पार्टी एकीकरण अन्तिम चरणसम्म पुग्दा पनि ओलीलाई साथ नदिएका गौतम पछिल्लो समय ओलीको प्रमुख सल्लाहकारकै रूपमा देखापरेका छन्। बालुवाटार स्रोतका अनुसार असारको अन्तिम साताबाट ओली–गौतम सम्बन्धमा सुधार आएको हो।
गत असार २८ गते ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा गौतमको जन्मदिनसमेत मनाएका थिए। त्यसयता पार्टी एकताको प्रक्रियासमेत अन्तिम चरणमा पुगेका बेला सचिवालय सदस्य गौतमसँग प्रधानमन्त्री ओलीले निरन्तर संवाद गरिरहेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस