काठमाडौं-मेलम्ची खानेपानी आयोजनाको मुहानको काम सम्पन्न गर्न चिनियाँ कम्पनीलाई ठेक्का दिन सहमति दिएको छ ।
आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न चिनियाँ कम्पनी सिनो हाइड्रो कम्पनीलाई ठेक्का दिन उपयुक्त देखिएकाले एसियाली विकास बैंक (एडीबी) ले सहमति दिएको हो ।
‘प्राविधिक र आर्थिक मूल्यांकन गरेर ठेकेदार छनौटका लागि एडीबीमा पत्राचार गरेका हौं,’ आयोजनाका सूचना अधिकारी राजेन्द्र पन्तले भने, ‘चिनियाँ कम्पनी छनौट गर्ने सहमति भएको पक्का हो ।’
मेलम्ची खानेपानी विकास समितिले मेलम्चीको बाँकी काम २ प्याकेजमा सम्पन्न गर्न जेठ १४ गते प्रस्ताव गरेको थियो । त्यसमा १ प्याकेज सुरुङ र अर्काे प्याकेज मुहान अर्थात् हेडवक्र्सको बाँकी काम सम्पन्न गर्न चाइनिज कम्पनी सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालायन हाइड्रोले आशा देखाएका थिए ।
निर्माण कम्पनी छनौट भएपछि मुहानको काम १५ महिना र सुरुङको काम १ वर्षभित्र सम्पन्न गर्ने कार्ययोजना बनेको आयोजनाले जनाएको छ । २७ किलोमिटर सुरुङ खण्डमध्ये करीब १ किमी सुरुङ खण्डको ढलान र सपोर्ट तथा सुरुङको हावा फाल्ने तीनटा भेन्टिलेसन साफ्ट, टनेल गेट र हेडवोक्सको काम बाँकी रहेको छ । सरकारले समयमै मेलम्चीको काम सक्न ७ अर्ब ३९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस