काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकताले पूर्णता पाएको छैन । साउन मसान्तभित्र एकता टुंग्याउने भनेर मिति तय गरिए पनि एकता निष्कर्षमा पुग्नेमा संशय छ । कारण– पार्टी अध्यक्ष केपी शर्मा ओली उपचारको सिलसिलामा विदेश छन् । सोमबार फर्किने मिति तय भए पनि बाँकी दिनमा एकता टुंगिन सम्भावना न्यूनप्रायः छ ।
एकताको अध्याय पूरा नहुँदै नेकपाका दुई नेताको फेसबुकमा जुहारी नै चलेको छ । गत शुक्रबार पार्टीका नेता दीनानाथ शर्माको पुस्तक वितरण समारोहमा अध्यक्ष पुष्पकमल दाहालले दशक लामो हिंसात्मक संघर्षको क्रममा आफूले एकजनाको पनि हत्या नगरेको भन्दै सफाइ दिए । त्यसैलाई लिएर नेकपाका केन्द्रीय सदस्यद्वय सूर्य थापा र रामप्रसाद सापकोटा ‘दीपशीखा’बीच दन्तबजान चलिरहेको छ ।
उनले अगाडि लेखे, “हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी सम्भव हुन्छ ? विगतसँग क्रमभङ्गग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि ! आजको क्रान्तिकारी तरंग र मनोदशा !”
थापाको भनाइ कोट गर्दै युवा संघका नवनियुक्त अध्यक्षसमेत रहेका दीपशिखाले सामाजिक सञ्जालमै जवाफ फर्काए– “ सूर्यजी ! पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन । पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ । हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन, पार्टी अनुशासन मानेर नबोलेको हो । सुझाव– यस्ता गाली आजकल फस्टाउँछ भन्ने लागेको भए यसलाई पेसा बनाए हुन्छ !”
गालीलाई पेसा बनाएर राजनीति छाड्न सुझाव दिएलगत्तै थापाले पुनः आक्रोश व्यक्त गरे, “दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हाँस्नु ! यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ? विचरा !”
केही घण्टा अघिसम्म त बहसको केन्द्रमा थापा र दीपशिखा थिए । अहिले आगो सल्किएर साविक एमाले र माओवादी केन्द्रका नेताहरूको टाइमलाइनमा पुगिसकेको छ ।
यसले पार्टी मिले पनि साविकका पार्टीका नेताहरूको मन मिल्न बाँकी रहेको तथ्य उजागर गर्दछ ।
प्रचण्डविरुद्ध किन खनिन्छन् सूर्य थापा ?
सूर्य थापा शुरूदेखि नै माओवादी नेतृत्वको जनयुद्धको आलोचकका रूपमा चिनिन्छन् । पार्टी एकतापछि पनि उनको यो विचारमा फेरबदल आएको छैन ।
पार्टी एकताअगावैदेखि ईश्वर पोखरेल नजिक रहेका थापा प्रचण्डको पनि आलोचकका रूपमा चिनिन्छन् ।
पछिल्लोपटक वैचारिक कार्यदिशाका सन्दर्भमा पार्टी अध्यक्ष प्रचण्ड र पोखरेल आमुन्नेसामुन्ने भएपछि सामाजिक सञ्जालमा उनले जबजको पक्षमा विचार अभिव्यक्त गर्दै आएका छन् ।
यसैको पछिल्लो कडी भएको कतिपयको बुझाइ छ ।
त्यसो त दुई कार्यकाल महासचिव चलाइसकेका पोखरेललाई स्कुल विभाग समेत नदिइने गरी लबिइङ बढ्न थालेपछि र विवादित बनाइएपछि उनी प्रचण्डप्रति बढी नै क्षुब्ध देखिन्छन् ।
त्यसको प्रतिवाद उनले यसरी गरेका थिए, “नेकपामा पूर्वएमाले कसैको जिम्मेवारी खुमलटारको दया, कृपा र सहमतिमा तोकिने होइन । त्यहाँको दुःख सीमा थाहा नपाउने शायदै कोही होला ?”
तर, थापा ‘अध्यक्ष प्रचण्डले जथाभावी विचार राख्दै हिँडेकाले आफूले तर्क गर्नुपरेको’ बताउँछन् । “शासकले नागरिकलाई धम्की दिएको शोभनीय होइन । योग्यतापूर्वक काम गरे कसैको केही लाग्दैन । मनको बाघसँग डराउनु त कायरता पो मानिन्छ त !” थापाले केही समयअघि प्रचण्डले ज्ञानेन्द्र शाहलाई नागार्जुनबाट निकाल्ने अभिव्यक्तिको समेत कटाक्ष गरेका थिए । थापाले पार्टी अध्यक्ष प्रचण्डले मन्त्री हेरफेरको हल्ला चलाएको बताउँदै त्यतिबेला पनि काउन्टर दिएका थिए, “धेरै मन्त्री हेरफेरको हल्ला अस्थिरता बढाउने उत्ताउलो हुइयाँ थियो ! रिक्त स्थानमा मात्र मन्त्रीको नियुक्ति एक विवेकपूर्ण कदम हो ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस