काठमाडौं- भारतीय राज्य जम्मू-काश्मीरको विवाद सर्वोच्च अदालत पुगेको छ। यो प्रान्तलाई दिइँदै आएको विशेष अधिकारसम्बन्धी भारतीय संविधानको धारा ३७० को प्रावधान खारेज गर्ने राष्ट्रपतिको आदेशविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर भएको हो।
नेसनल कन्फ्रेस (एनसी)ले शनिबार भारतको सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो।
राष्ट्रपतिले जारी गरेको आदेशलाई चुनौती दिँदै मुद्दा दायर भएको हो।
एनसी नेता मोहम्मद अकबर लोन र हसनैन मसुदीले दायर भएको रिटमा राष्ट्रपतिबाट जारी भएको आदेश असंवैधानिक भएको दाबी गर्दै ‘निष्प्रभावी’ गर्न अन्तरिम आदेश दिन माग गरिएको छ। एनसीले जम्मू-काश्मीर ‘पुनर्गठन अधिनियम, २०१९’लाई पनि असंवैधानिक घोषणा गर्न माग गरेको छ।
उक्त रिटमा धारा ३७० हटाउनेसम्बन्धी राष्ट्रपतिको आदेश केन्द्रको आफू अनुकूलको सहमति भएको बताइएको छ।
‘यो आदेश सरासर असंवैधानिक छ। किनकी राष्ट्रपतिको आदेश राज्य सरकारको स्थानमा राज्यपालको मञ्जुरीमा आधारित छ,’ रिटमा भनिएको छ, ‘यहाँ राज्य सरकारको मतलव स्वयम् केन्द्र सरकार हो, जो राष्ट्रपतिको अधिनमा सञ्चालन हुने गर्दछ।’
जम्मू-काश्मीरबाट चुनिएका जनप्रतिनिधिको समेत मत नलिई रातारात उनीहरुको अधिकार हनन गरेर संविधानको धारा खारेज गरिएको जिकिर रिटमा गरिएको छ।
भारतको संविधान संघीय ढाँचाअनुरुप भएको र त्यसलाई राज्य खारेज गर्ने अधिकार नभएको समेत रिटमा दाबी गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस