काठमाडौं: देशभर चोरीका घटना लगभग शतप्रतिशतले बढेको छ। आर्थिक वर्ष ०७५/७६ मा देशभर चोरीका घटना २ हजार ८ सय ७३ रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हरेक वर्ष चोरीका घटना देशभर बढ्दो छ।
प्रहरी तथ्यांकअनुसार आर्थिक वर्ष ०७४/७५ मा देशभर चोरीका घटना एक हजार ६ सय २८ रहेको थियो। साधारण चोरी शीर्षकअन्तर्गतका घटना ह्वात्तै बढेका हुन्।
गत आर्थिक वर्ष साधारण चोरीका घटना २ हजार तीन सय २४ रहेको थियो। आर्थिक वर्ष ०७४/७५ मा यो शीर्षकअन्तर्गत एक हजार ३ सय २० वटा मुद्धा दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। गत आर्थिक वर्षमा देशभर डाका चोरीका घटना २ सय १८ र सवारी चोरीका घटना एक सय ३२ वटा भएको प्रहरी तथ्यांक छ।
कडा सुरक्षा व्यवस्था र प्रहरीको बाक्लो उपस्थिति रहेको काठमाडौं उपत्यकामा चोरीका घटना हरेक वर्ष बढ्दो छ। देशभरको तुलनामा एक चौथाई चोरीका घटना काठमाडौं उपत्यकामा मात्र हुन्छन्।
महानगरीय प्रहरी कार्यालय रानी पोखरीका अनुसार गत आर्थिक वर्षमा उपत्यकाभित्र ६ सय ७९ वटा साधारण चोरीका घटना भएका भएका थिए। आर्थिक वर्ष ०७४/७५ मा उपत्यकाभित्र यो शीर्षकका चोरीका घटना तीन सय ६४ रहेको थियो।
यस क्षेत्रमा गत आर्थिक वर्षमा ९३ वटा डाँका चोरीका घटना भएको थियो। महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकाभित्र डाका तथा डाका चोरीका घटना पनि ठुलो मात्राले बढेको हो। यसैगरी गत आर्थिक वर्षमा सवारी साधन चोरीका घटना ५१ वटा भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ।
गत भदौदेखि लागु भएको मुलुकी फौजदारी अपराध संहिताले चोरी कसुरमा पनि कडा सजायको व्यवस्था गरेको छ। चोरीलाई साधारण, नकबजनी र डाका चोरीका रुपमा वर्गिकरण गर्दै २ देखि १४ वर्षसम्मको कैद सजाय व्यवस्था गरेको छ। साधारण चोरीमा २ देखि ७ वर्ष, नकबजनी चोरीमा ३ देखि ५ वर्ष र डाँका चोरीमा ७ देखि १४ वर्षसम्म कैद सजायको प्रावधान राखिएको छ।
‘तर चोरीमा चोरी भएको सामान बरामद भएमात्र मुद्धा बलियो हुन्छ। नत्र यसैले चोरेको हो भनेर यकिन भएपनि आरोप स्थापित गर्न सजिलो हुन्न’, लामो समयदेखि चोरी अपराधमा अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारी भन्छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस