काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले उपत्यकावासीले ठूलो सवारी जामको समस्या भोगीरहनुपरेको कोटेश्वर–जडिबुटी खण्डमा तत्काल सुरुङ मार्गको निर्माण कार्यलाई सम्बन्धीत मन्त्री तथा मन्त्रालयले तत्काल निर्माणको कार्य अघि बढाउन माग गर्नुभएको छ ।
प्रतिनिधिसभाका आजको शुन्य समयमा बोल्दै सांसद बस्नेतले कोटेश्वको सुरुङ मार्ग तथा सूर्यविनायकदेखी घुलिखेलसम्मको ६ लेनको सडक विस्तारको कार्य तत्काल शुरु गर्न माग गर्नुभएको हो । कोटेश्वर, बनेपा, सिन्धुली नेपालकै दोस्रो नाका रहेको बताउँदै उहाँले सूर्यविनायक – धुलिखेल तथा कोटेश्वरमा सुरुङ मार्ग निर्माण गरी उपत्यकामा बसोवास गर्ने लाखौं मानिसलाई सास्तीको रुपमा रहेको सवारी जामको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पूर्वी नेपाल तर्फ जाने दैनिक करिव २० हजारभन्दा वढी सवारी साधन गुड्ने गरेकाले वर्तमान समयमा सुरुङ मार्ग तथा सूर्यविनायक – धुलिखेलको सडक ६ लेनको बनाउनुको कुनै विकल्प नभएको समेत बताउनुभयो ।
सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकलाई ६ लेन तथा कोटेश्वरमा सुरुङ मार्ग बनाउने भन्ने कुरा नेपाल सरकारले अघिल्लो वर्षबाट नै डिपिआरको कुरा बजेट तथा नीति तथा कार्यक्रममा ल्याएको तर उक्त प्रकृया ढिलाई भइरहेको बताउँदै सांसद बस्नेतले भन्नुभयो, ‘ भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयले यो बारेमा उचित चासो लिन नसकेको जस्तो अनुभति भएकोले सम्बन्धीत मन्त्री तथा मन्त्रालयले उचित पहल कदमि लिने र योबाट महत्वका साथ अघि बढाउन आग्रह छ ।’
कोटेश्वर जडिवुटीको जाम नेपालकै अत्याधिक जाम हुने मध्येमा रहेको बताउँदै उहाँले जापान सरकारले सो सन्दर्भमा सहयोग गर्ने भन्ने कुरा धेरै अघि देखी नै प्रक्रिया बढेको जानकारी गराउँदै उहाँले भन्नुभयो, ‘सम्बन्धीत मन्त्री तथा मन्त्रालयले विशेष चासो नदिदाँ सुरुङ मार्ग तथा उक्त सडक निर्माण प्रकृयामा ढिलाई भएको छ । जिम्मेवार निकायले समयमा नै विशेष महत्व दिई उक्त दुवैको निर्माण कार्य थाल्नुपर्छ ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस