एजेन्सी- भारत प्रशासित काश्मीरमा गएराती मध्यरातबाट कर्फ्यू लगाइएको छ भने त्यहाँका पूर्वमुख्यमन्त्रीहरुसहितका नेताहरुलाई नजरबन्द गरिएको छ।
श्रीनगरमा धारा १४४ लागू गरिएको छ भने जम्मुमा कर्फ्यू लगाइएको छ । आधा रातमा नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्ला, पीडीपी अध्यक्ष महबुबा मुफ्ती र जम्मु काश्मीर पीपल्स कन्फ्रेन्सका अध्यक्ष सज्जाद लोनलाई उनीहरुकै घरमा नजरबन्द गरिएको छ ।
श्रीनगरमा रहेका बीबीसीका पत्रकार माजिद जहाँगीरले काश्मीरमा धारा १४४ लागू गरिएको र यस आदेशअनुसार आम जनताले कुनै प्रकारको आवतजावत गर्न पाउने छैनन् भने शैक्षिक संस्था समेत बन्द रहनेछन्।
सरकारले छात्राबास समेत खाली गराउन आदेश दिएको छ । श्रीनगर समेत काश्मीर घाँटीमा मोबाइल र इन्टरनेट सेवा समेत बन्द गरिएको छ ।
श्रीनगरमा ल्यान्डलाइन फोनको सम्पर्क समेत टुटाइएको छ । अधिकारीहरुलाई सम्पर्क गर्नका लागि स्याटेलाइट फोन उपलब्ध गराइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस