काठमाडौं – सरकारले गत वर्ष यातायात व्यवसायीहरुको रोक्का गरिएको बैंक खाताको रकम रुपान्तरिक कम्पनीमा सार्ने निर्णय गरेको छ ।
गत साउन १६ गते मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार कम्पनीमा रुपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा रहेको रकम रुपान्तरित कम्पनीको खातामा सार्ने व्यवस्था मिलाउने निर्णय गरिएको हो ।
२०७४ साल चैतमा सरकारले सार्वजनिक यातायातको क्षेत्रमा रहेको सिन्डिकेट खारेज गर्ने निर्णय गरेको थियो । त्यसपछि व्यवसायीहरु कम्पनीमा जान बाध्य भएका थिए ।
कम्पनीमा जान बाध्य भएपछि व्यवसायीहरुले बैंकबाट रकम निकाल्न थालेका थिए । तर सरकारले २०७५ बैंशाख १२ गते व्यवसायीहरुको बैंक खाता रोक्का गरेको थियो । बैशाखमा तत्कालिन समयमा २४५ वटा कम्पनीको खाता रोक्का गरिएको थियो ।
तत्कालिन समयमा प्रदेश १ मा ३५ वटा। २ मा १० वटा समितिका खाता रोक्का गरिएको थियो ।
त्यस्तै, प्रदेश नम्बर ३ मा ११८ वटा, ४ मा २४ वटा, ५ मा ४० वटा ६ मा १२ वटा र ७ मा ९ वटा यातायात व्यवसायी समितिका बैंक खाता रोक्का गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस