काठमाडौं- प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदनलाई अनुमोदन गरेको छ ।
विधेयकको प्रतिवेदनमाथि सांसदले राख्नुभएका संशोधन र सुझावलाई समेटेर गृह मन्त्रालयबाट पछिल्लो पटक परिमार्जन गरेर ल्याइएको प्रतिवेदनलाई आजको बैठकले पारित गरेको सभापति शशी श्रेष्ठले जानकारी दिइन ।
प्रदेश प्रहरी प्रमुख प्रदेश सरकार मातहत रहेर जिम्मेवारी बहन गर्ने व्यवस्था गरिएको छ । मुलुकका सातै प्रदेशका प्रदेश प्रहरीको एकै खाले पोशाक रहने व्यवस्थाका लागि सिफारिस गरिएको छ । सङ्घीय सरकारले तोकेको मापदण्डअनुसार प्रदेश सरकारले प्रदेश प्रहरी प्रमुखको सेवासुविधा उपलब्ध गराउनेछ ।
प्रदेशप्रति नै प्रदेश प्रहरी उत्तरदायी हुने व्यवस्था गरिएको उक्त विधेयकको प्रतिवेदनमा नेपाल प्रहरीको कुनै पनि निकाय जिल्लामा राख्न प्रदेशसँग अनुमति लिन नपर्ने व्यवस्था गरिएको छ ।
प्रतिवेदन अनुसार नेपाल प्रहरीसँग आवश्यकताअनुसार प्रदेश प्रहरीले समन्वय र सहकार्य गरेर काम गर्नेछ । प्रदेश प्रहरी गठन नहुन्जेल नेपाल प्रहरीले नै शान्तिसुरक्षालगायतका विषयमा प्रदेश प्रहरीको जिम्मेवारी सम्हाल्नेछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस