काठमाडाैं-जनैपूर्णिमा पर्वका अवसरमा लाग्ने गोसाइँकुण्ड मेला व्यवस्थापनको तयारी पूरा भएको छ । मेला व्यवस्थित र मर्यादित बनाउन विभिन्न उपसमिति गठन गरिएको छ ।
गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको पैदलमार्गमा सरसफाइ र अनुगमन गरिएको छ ।
जनैपूर्णिमा पर्वका अवसरमा १५ हजारभन्दा बढी भक्तजनका लागि भोजन र बासको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायीलाई आग्रह गरिएको डिएमले बताए । “होटल तथा लजमा तिर्नुपर्ने शुल्क निर्धारण गरिएको छ”, उनले भने ।
काठमाडौँदेखि धुञ्चेसम्म आठ घण्टामा मोटर र त्यसपछि पैदल शुरु हुने धार्मिक पदयात्राका क्रममा त्रिशूली नदी, चन्दनबारी आधार इलाकामा भेटिने चौँरीगाई र लौरीविनायक टापुबाट देखिने अल्का हिमालले यात्रुलाई थप मनमोहक बनाउने छ । पवित्र तीर्थमा स्नान गर्दा जोश जागरको अनुभूति हुन्छ ।
समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा अवस्थित गोसाइँकुण्ड धुञ्चे बजारहुँदै चन्दनबारी वा लौरीविनायकभएर पुग्न सकिन्छ । गोसाइँकुण्ड बौद्ध तथा हिन्दू धर्मावलम्बीको साझा धार्मिक थलो हो । सो पर्वका अवसरमा त्यहाँ पुग्ने भक्तजनले आफ्ना दिवङ्गत पितृको सम्झना गर्दै श्राद्ध एवं तर्पण गर्नाले पितृ स्वर्गमा पुग्ने विश्वास रहिआएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस