काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ठुला पार्टीले चुनाव लड्दा विदेशीको पैसा लिने गरेको आरोप लगाएका छन्। पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दे अध्यक्ष थापाले यस्तो बताएका हुन्।
विदेशीको पैसाले चुनाव लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपूर्वक काम गर्न नसकेको आरोप उनको थियो। ‘आफूलाई प्रमुख भन्ने ठूला पार्टी आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन्। जसले विदेशीको पैसा लिन्छ त्यसले स्वाभिमान पूर्वक काम गर्न सक्दैन,’ अध्यक्ष थापाले भने, ‘जुन बाटोमा कांग्रेस र कम्युनिष्टले तेह्र वर्षदेखी मुलुकलाई हिडाइ रहेका छन्। त्यो बाटो गलत छ भनेर त्यसको विकल्पमा फरक विचार बोकेर खडा भएको पार्टी हो राप्रपा।’
अध्यक्ष थापाले राष्ट्र निर्माणको वैकल्पिक विचार र मार्गचित्र राप्रपासँग रहेको उल्लेख गर्दे धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्दै सम्बद्र्धनवादको सिद्धान्त अनुसार देशको विकास गर्न सकिने बताएका थिए।
उनले सर्वत्र मौलाउदै गईरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउदै तयारी अवस्थामा रहन विद्यार्थी संगठनलाई निर्देशन दिएका थिए।
सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताए। उनले राप्रपालाई कांग्रेस र कम्युनिस्ट जस्तो नसोच्न समेत आग्रह गरेका थिए।
‘हामी कांग्रेस र कम्युनिस्टका भाई पार्टी होइनौं। अहिले देशको समस्या केपी ओली लाई हटाएर प्रचण्ड वा शेर बहादुर ल्याएर यो देशको समस्याको समाधान हुँदैन,’ उनले भने, ‘जबसम्म बाटो परिर्वतन हुँदैन तबसम्म ड्राईभर मात्रै फेरेर गन्तव्यमा पुग्न सकिँदैन। बाटो नै फरक छ भने ड्राईभर फेर्ने होइन बाटो नै फेर्नुपर्छ।’
प्रमुख दलहरुले मुलुकलाई तेह्र वर्षदेखि गलत बाटोमा हिँडाएको भन्दै उनले बाटो नै गलत भएकाले ड्राईभर परिर्वतन गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने तर्क गरेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस