काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा सचिवालय सदस्य बामदेव गौतमले संघीयताकाे विपक्षमा पहिलाेपटक आफूलाई उभ्याएका छन्। पार्टीका नेता तथा कार्यकर्ताले खचाखच भरिएकाे हलमा उनले संघीयता मन नपरेको बताएका छन्।
जीवराज आश्रितकाे ७५ अाैं जन्म दिवसको अवसरमा शनिबार बागबजारमा आयोजित कार्यक्रममा नेता गौतमले भने,’देशमा आज केही पनि भएको छैन भन्ने नठान्नुस्’, उनले आग्रह गरे, ‘हामीले राजतन्त्र समाप्त गर्यौं। त्यसको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं। कतिपयलाई संघीयता चित्त बुझेको छैन। मलाई पनि अलिअलि चित्त बुझेको छैन।’
मदन भण्डारी र आश्रितको आधा सपना आफूहरुले पूरा गरेको दाबी गरे।
उनले आफूहरुले युग परिवर्तन गरेको दाबी गरे।
भण्डारीलाई जननेता भनेर आश्रितलाई भने कुशल संगठन मात्रै भनिएकोमा आफूलाई चित्त नबुझेको उनले बताए। ‘चित्त नबुझे पनि त्यो भइसकेको छ’, उनले भने।
उहाँहरुले देखाएको बाटोमा अघि बढ्ने उनको भनाइ थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस