काठमाडौँ – नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको लाभांश सुरक्षित गर्ने आइतबार अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश प्रयोजनार्थ १२ पुसमा बुक क्लोज गर्दै छ । यस अनुसार आइतबारसम्म नेप्सेमा कायम रहेका सेयरधनीले बैंको प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।
बैंकले लाभांश प्रस्ताव पारित गर्न २९ पुसमा साधारणसभा बोलाएको छ । सभा होटल हार्दिक, बागबजार काठमाडौँ मा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।सभामा बैंकले आठ प्रतिशत बोनस सेयर र यसमा लाग्ने कर तिर्न शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ ।
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाहमा छलफल हुनेछ । त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस