काठमाडौँ- जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ ।
हाल देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश–१ प्रदेश–२, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा सामान्य वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । प्रदेश–१, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ ।
महाशाखाका अनुसार राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश–१ र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने र नदीमा उच्च बहावको सम्भावना रहेकाले तटीय क्षेत्रमा आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस