काठमाडौँ- आज प्रदेश १, प्रदेश २ , बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भीषण तथा एक वा दुई स्थानमा अति भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ । महाशाखाले ती प्रदेशका पहाडी भू-भाग र नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।
बुधबार बिहान मनसुनी वायुको सक्रिय प्रभाव र तराई भू-भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर मौसम बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २‚ बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षा तथा एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशभर बुधबार राति सामान्यदेखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा भीषण वर्षा तथा एक वा दुई स्थानहरुमा अति भीषण वर्षाको सम्भावना रहेको छ ।
आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गरेको छ । विभागले देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने जनाएको छ ।
बुधबार मध्याह्नदेखि मनसुन थप सक्रिय भई देशको पूर्वी तथा मध्य भू–भागहरूमा वर्षा हुने सम्भावना देखिएको विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताएका छन् । उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश भागमा भीषण वर्षा गराउन सक्छ । यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस