काठमाडौँ- सरकारले आज असार २५ गतेदेखि असार २८ गते सम्म यो वर्षकै ठुलो पानी पर्ने भएकाले सबैलाई सर्तक रहन आग्रह गरेको छ।
प्रदेश नम्बर १, प्रदेश नम्बर २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा यो वर्षकै सबैभन्दा बढी पानी पर्ने अनुमान गरेर सर्तक रहन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भनेको हो। लामो वर्षाले पहाडी भेगको भू भाग गलिसकेकाले कतिपय ठाउँमा पहिरो पनि जान सक्छ भन्दै प्राधिकरणले चनाखो रहन पनि आग्रह गरेको छ।
गृह मन्त्रालयले व्यवस्थापनमा खटिने निकायहरु र सर्वसाधारणहरु उच्च सतर्क एवं सुरक्षित अवस्थामा रहन अनुरोध गरेको छ। शुक्रबारदेखि आइतबार सम्म कन्काई, कोसी, कमला, बागमती, नारायणी तथा यसका सहायक नदीमा पानीको सतह बढेर बाढी र खतरा हुनसक्ने पूर्वानुमान गरिएको छ। खासगरि १ र २ नम्बर प्रदेशका चुरे तथा तराई भएर बग्ने खोला तथा नदीहरुमा ठूलो बाढी आउनसक्ने हुनाले यस क्षेत्रका बासिन्दाहरुलाई सतर्क रहन विषेश आग्रह गरेको छ।
गृहमन्त्रालयले तराईका झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, महोत्तरी, सिरहा, सर्लाही, बारा, पर्सा, रौतहट, चितवन लगायत जिल्ला का कतिपय होचो ठाउँमा डुबानको सम्भावना भएको भन्दै सचेत रहन भनेको छ। उता लुम्बिनी, कर्णाली र सुद्र पश्चिम प्रदेशका बासिन्दाले पनि यो समयमा सतर्क रहन पर्ने भनेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस