काठमाडौँ- विगत केही दिनयतादेखि नेपालमा स्थिर रहेको मौसमी प्रणालीको प्रभाव सक्रिय अवस्थामा रहेकाले अझै केही दिन बदलीसँगै वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव हुनुका साथै बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव कायमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । यी मौसमी प्रणाली तत्काल हट्ने सम्भावना नदेखिएकाले अझै केही दिन बदलीसँगै वर्षा भइरहने मौसमविद्को अनुमान रहेको छ ।
यस वर्ष पश्चिमी न्यूनचापीय प्रणाली विकसित भई सक्रिय अवस्थामै रहेकाले निरन्तर वर्षा भइरहेको बताइएको छ । वायुमण्डलमा जलवाष्पयुक्त हावाको प्रवेश र दिउँसोका समयमा घाम नलागेकाले अधिकतम तापक्रम घटेकाले चिसो महसुस भएको मौसमविद्को भनाइ छ ।
हाल देशको सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी सबै प्रदेशमा बदली रहेको छ । दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही पहाडी भूभागका केही स्थान र तराईका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मङ्गलबार देशको अधिकांश भूभागमा सामान्य बदली भई देशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहको औँल्याएको छ । बुधबार देशको अधिकांश भूभागमा सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३ दशमलव ८ डिग्री र अधिकतम तापक्रम २५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ९ दशमलव ६ डिग्री र सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस