मृत्यु हुनेमा दोर्दी गाउँपालिका ६, ताँजे गाउँ क्षेत्रमा निर्माणाधिन पिपुल्स हाइड्रोपावर कम्पनीद्धारा प्रवद्र्धित सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ बर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ बर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ बर्षीय किशोर राई रहेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले बताएका छन् ।
उनका अनुसार घाइते हुनेमा सुनसरी घर भई सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ मा कार्यरत इन्जिनियर इन्जिनियर ४० बर्षीय सुनिलकुमार साह, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ बर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ बर्षीया सुसना विक रहेका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बेंसीसहर ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे अध्ययन अनुसन्धान तथता मुचुल्काको लागि इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी नेतृत्वको प्रहरी टोली घटनास्थल खटाइएको प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो । घटनास्थलमा नौथर प्रहरी चौकी श्रीमञ्ज्याङका प्रहरी सहायक निरीक्षक अजय गुप्तासहितको प्रहरी टोली र स्थानीयले मृतक र घाइतेको उद्दार गरेका थिए ।
प्रतिक्रिया दिनुहोस