खोटाङ- दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट दिप्रुङ चुइचुम्म गाउँपालिकातर्फ जाँदै गरेको ट्रयाकटर गएराति साप्सुखोला नजिकै दुर्घटना हुँदा एक जनाको घटनास्थलैमै मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । दिक्तेल बजारबाट शुक्रबार साँझ सामान बोकेर हिँडेको स १ त ६६८० नम्बरको ट्रयाकटर लफ्याङस्थित साप्सु–कालिका हाइड्रोपावर नजिकैको घुम्तीमा दुर्घटना हुँदा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राईको घटनास्थलमै मृत्यु हो ।
दिक्तेल बजारबाट घरायसी सामान लिएर हिँडेको ट्रयाकटरको ट्रली पल्टिएर दुर्घटना हुँदा ट्रलीमा चडेका तीनमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो । छ जनामध्ये अगाडिको इन्जिनमा रहेका अन्य दुई जनालाई भने चोटपटकसमेत नलागेको प्रहरी निरीक्षक साहले बताउनुभएको छ ।
दुर्घटनामा गम्भीर घाइते टेम्माकै ३० वर्षीय हरि मुग्राती रहेको र उहाँको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उद्दारमा खटिएका प्रहरी र स्थानीय बासिन्दाले घटनास्थलबाट गएराति नै उद्दार गरेका घाइते मुग्रातीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जनाइएको छ । दुर्घटनापछि चालक निशान राई र सहचालक विशाल राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस