डडेल्धुरा, साउन १७ गते । आलिताल गाउँपालिका–१ घण्टेश्वर नजिक माइक्रोबस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत सो ठाउँमा शनिबार विहान ३ बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताएका छन् ।
भारतको केरेलाबाट आएका नेपाली नागरिक लिएर धनगढीदेखि बझाङतर्फ आउँदै गरेको सुपप्र ०१–००१–ख २३२३ नम्बरको माइक्रोबस अनियन्त्रित भई सडकभन्दा करिब १५ मिटर तल खसेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए ।
उनका अनुसार माइक्रोबसमा रहेका १७ जना घाइते भएका छन् । घाइते हुनेमा बझाङको तलकोट गाउँपालिका–२ का २३ वर्षीया सुशीला धामी, ६० वर्षीया हिमकला रोकाया, २६ वर्षीय भक्त रोकाया, १८ वर्षीय दीपेन्द्र कुँवर, १८ वर्षीय अशोक कुँवर, ३५ वर्षीय मीनबहादुर कुँवर रहेका छन् ।
यसैैगरी, सोही ठाउँका ४६ वर्षीय गोरख कुँवर, ४२ वर्षीय गंग कुँवर, २४ वर्षीय अमृत धमेना, २६ वर्षीय वीरेन्द्र धामी, १८ वर्षीय रोशन कुँवर, २३ वर्षीय देव कुँवर, १८ वर्षीय जोवन धमेना, ७ वर्षीय पवन धामी र ६ वर्षीय अनुप रोकाया घाइते भएका छन्। कैलालीको गोदावरी नगरपालिका–६ का गाडी चालक २५ वर्षीय शिवराज फुलारा र सोही ठाउँका गाडी मालिक ३० वर्षीय हिमाल माझी घाइते भएका छन् ।
फुलारा र माझीलाई उपचारका लागि धनगढी पठाएको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताउनुभयो । अन्य घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस