नयाँ दिल्ली- भारतको बिहार राज्यमा बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको समाचारमा जनाइएको छ । यस वर्षको मौसम शुरु भएदेखि नै बिहारमा चट्याङले ठूलो क्षति पु¥याएको बताइएको छ । बिहारको विपद् व्यवस्थापन विभागले बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको जनाएको छ ।
अघिल्लो हप्तासम्ममा यहाँ यस प्रकोपका कारण एक सय जनाभन्दा बढीको मृत्यु भएको बताइएको थियो । यसैबीच बिहार सरकारले मृत्यु भएकाको परिवारलाई चार लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । समाचारमा जनाइएअनुसार उक्त राज्यका मुख्यमन्त्री नितिश कुमारले सो घोषणा गरेका हुन् ।
उहाँले बुधबार पनि चट्याङ लागेर १२ जनाको ज्यान गएको सूचना पाएको भन्दै मृतकका परिवारलाई सो सहयोग गर्ने बताउनुभएको हो । यहाँ पछिल्ला दिनहरुमा वर्षासँगै परेको चट्याङलले लागेर एक सय जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।
बिहारका मुख्यमन्त्री नितिश कुमारले गत हप्ता नै यस प्रकोपबाट ज्यान जाने परिवारका सदस्यहरुलाई आर्थिक सहयोगका रुपमा प्रत्येक परिवारलाई चार लाख भारतीय रुपैयाँ दिने घोषणा गर्नुभएको भारतीय सञ्चारमाध्यमहले जनाएका छन् ।
पछिल्ला हप्ताहरुमा बिहारमा मौसम खराब रहेकोले बाढी पहिरोबाट जोगिन बाहिर ननिस्कन र सम्भावित चट्याङबाट बच्ने उपायहरु अपनाउन राज्यका सबै सर्वसाधारण नागरिकहरुमा सूचना जारी गरिएको बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस