काठमाडौँ – साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से ३२ दशमलव २९ अंकले घटेर दुई हजार ७३३ दशमलब १२ विन्दुमा पुगेर बन्द भएको हो ।
कारोबार रकम भने सामान्य मात्रामा बढेको छ । २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता सेयर खरिद बिक्री हुँदा नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको छ ।
सोमबार नेप्सेमा तीन अर्ब ९२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । मंगलबार कारोबारको आधारमा सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । बैंकले ४१ करोड भन्दा बढीको कारोबार गरेको छ ।
नेप्सेका अनुसार अन्य समूहको सूचकबाहेक सबै समूहको सूचक राताम्मे भएको छ । होटल तथा टुरिजम, विकास बैंक र हाइड्रोपावर समूहको सूचकमा दुई प्रतिशतभन्दा बढीको गिरावट आएको छ भने बाँकी सबै समूहको सूचक शून्य दशमलव ४३ प्रतिशतसम्मले घटेका छन् ।
एउटा कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा मानुषी लघुवित्त वित्तीय संस्था रहेको छ । यस कम्पनीको सेयर मूल्य सर्किट लेभेलमा बढेको छ । मानुषी लघुवित्तको सेयर मूल्य बढेर प्रतिकित्ता एक हजार ९९० रुपैयाँ १० पैसा पुगेको छ ।
आईसीएफसी फाइनान्स, एनआईबीएल प्रगति फण्ड र नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले ओरालो लागेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस