फुङ्लिङ- ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपातभएसँगै ताप्लेजुङको सदरमुकाम आज बिहानदेखि तुवालोले अध्यारो बनाएको छ । हिमाली बस्ती घुन्सामा तीन दिनदेखि हिमपात भएको स्थानीय पेमा शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “तीन दिन भयो हिउँ पर्दै रोक्दै गरेको । आज पछि हिउँ पर्दै छ ।” हिउँ परेपछि चिसोका कारणले जनजीवनसँगै पशु चौपाय प्रत्यक्ष प्रभावित हुन पुगेको उहाँले बताउनुभयो । घुन्सा समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइँमा अवस्थीत एक पर्यटकीय क्षेत्र हो ।
फक्ताङलुङ–७ ओलाङ्गोलमा भने हिउँ नपेर पनि तीन दिनदेखि गाउँ नै अध्यारो भएको स्थानीय तेन्जिङ वालुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले त जङ्गलमा आगलागी भएछ, भनेर तलसम्म झरेर हेर्यो । आगलागी भएको हैन् रहेछ । ” ओलाङचुङगोलामा तुवालो तीन दिनदेखि गाउँ नै अध्याँरो बनाएको तेन्जिङ वालुङले जानकारी दिनुभयो ।
त्यस्तै ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा आज बिहान नैदेखि तुवालोले पुरै बजार अध्याँरो भएको छ । तुवालोका कारणले प्रत्यक्ष स्वास्थ्यमा प्रभाव पर्ने जनाउँदै सरकारको आइतवारको चार दिन विद्यालय विदा दिने निर्णय गरेसँगै आजदेखि जिल्लाका सबै सामुदायिक विद्यालय बन्द भएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस