झापा – जिल्लामा हरेक वर्ष सडक दुर्घटना एवं त्यस्ता दुर्घटनामा ज्यान गुमाउनेहरूको सङ्ख्या बढ्दै गएको छ ।
विश्वका औद्योगिक मुलुकहरु ‘ट्रेड वार’ गर्न तम्सिँदै गर्दा हाम्रोजस्तो असमान भौगोलिक अवस्थिति भएका मुलुकमा सडक दुर्घटना मृत्युको कारक तत्व बन्दै गएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार विगत एक वर्षमा जिल्लामा ५४४ वटा सवारी दुर्घटनामा परी ७१ जनाले ज्यान गुमाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक यामकुमार खड्काका अनुसार सवारी दुर्घटना हुनेमा सबैभन्दा बढी मोटरसाइकल छन् । विसं २०७६ पुस महिनादेखि गत पुस मसान्तसम्ममा ३०६ मोटरसाइकल, ४५ ट्रक, ५८ कार, १९ बस, २३ ट्र्याक्टर, २५ टेम्पो, ६३ साइकल र अन्य पाँच गरी ५४४ वटा सवारी दुर्घटना भएको छ । सो सवारी दुर्घटनामा मृत्यु हुनेमा ५८ पुरुष, सात महिला र छ बालक रहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी सशक्त घाइते हुनेमा २५६ जना रहेका छन् । घाइते हुनेमा सबैभन्दा बढी पुरुष २०३, महिला ३७, बालक ११ र पाँच बालिका रहेका छन् ।
सहायक प्रहरी निरीक्षक खड्काले सबैभन्दा बढी दुर्घटना बेलुका करीब ५ देखि ८ बजेको बीचमा हुने गरेको बताए । “चालकले मापसे गर्ने, साँझमा बत्तीको एन्टिलाइट पर्ने, द्रुत गतिमा सवारी चलाउँदा दुर्घटना बढ्यो”, उनले भने । उनले विगतमा भन्दा कोभिड–१९ बढेसँगै सार्वजनिक यातायातमा भन्दा बढी निजी सवारीमा सवार गर्नेको सङ्ख्यामा समेत वृद्धि भएको, साँघुरा सडकसँगै गरिने ओभरटेकका कारण पनि दुर्घटना बढेको अनुसन्धानमा देखिएको बताएका छन् ।
विगत १२ महिनामध्ये सबैभन्दा बढी सवारी दुर्घटना गत पुसमा महिनामा भएको र सोही महिनामा मानवीय क्षति पनि बढी भएको उनले जानकारी दिएका छन् । पुस महिनामा भएको १६४ सवारी दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । सडकमा अनटेस्ट लेखिएका मोटरसाइकल र सवारी अनुमतिपत्र नै नलिई मोटरसाइकल चलाउनेका कारण पनि साँझपख दुर्घटना हुने गरेको उनको भनाइ छ । “यस्ता सवारीका कारण समस्या आइरहेको छ”, उनले भन्नुभयो, “दुर्घटना गराएर भाग्छन् । मानवीय भावनासमेत नभएका उनीहरुलाई सडकमा सिसी क्यामेरा नहुँदा पहिचान गर्न समस्या भइरहेको छ ।”
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस